कतार एयरवेजका कर्मचारीको रहस्यमय मृत्यु

गएराती कोहलपुरको न्युरोडमा रहेको  होटल पपलाइफमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । कोहलपुर ११ का २७ बर्षीय विकास राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनि कतार एयरवेजमा काम गर्दै आएका थिए । सोही स्थानका २७ बर्षीय पवन श्रेष्ठको बेहोस अवस्थामा फेला परेका छन् ।

श्रेष्ठको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

होटलको २ वटा कोठा लिएर बसेका मध्ये विरेन्दनगर १८ सुर्खेतका ३२ बर्षीय ईश्वर थापा, नेपालगन्ज १३ का ३१ बर्षीय प्रशान्त शाक्यलाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।

होटलको २०४ नम्बर कोठामा बसेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले दुवैलाई उद्धार गरी अस्पताल लैजाने क्रममा  राईको मृत्यु भएको  हो ।

मृत्यु हुने राई र  घाइते श्रेष्ठ अत्याधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।  अत्याधिक लागु पदार्थ सेवन गरेको कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यो पनि पढ्नुहोस्

परीक्षामा फेल भएपछि जापानमा बाबुद्वारा छोराको हत्या