कतार एयरवेजको नेपाल उडानको २० वर्ष: वर्षगाँठको अवसरमा विभिन्न अफर

कतार एयरवेजले सोमबार बौद्ध स्तुपामा दीप प्रज्वलन गरी नेपालमा उडान सुरु गरेको २० औं  वर्षगाँठ मनाएको छ। पर्यटन तथा नागरिक उड्डयान मन्त्री जितेन्द्र नारायण देवले कतार एयरवेजका २० जना ट्राभल एजेन्टसँगै बौद्ध स्तुपामा परम्परागत दियोमा दीप प्रज्वलन गरी कतार एयरवेजको वर्षगाँठ शुभारम्भ गरे ।

समारोहमा कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर जय प्रकाश नायरले कतार एयरवेजसँगको आफ्नो यात्रा र नेपालमा कतार एयरवेजको विस्तारबारे बताएका थिए। उनले नेपाल उडानमा कतार एयरवेजले सधैं राम्रो स्तर र सेवा दिएको बताए।

२०औं वर्षगाँठको अवसरमा एयरवेजले विजनेश र इकोनोमी दुवै टिकटमा विशेष छुट दिनुको साथै २० जना भाग्यशाली यात्रुलाई गोल्ड क्लवको सदस्य र टिकटमा ५० प्रतिशतसम्म छुट दिने आफर गरेको छ।

साथै कतार एयरवेजले १ नोभेम्बर २०१७ देखि ३१ अक्टोबर २०१८ सम्म, एक वर्षका लागि आफ्ना विशेष ग्राहकका लागि विजनेश कक्षको एउटा टिकट किन्दा अर्को एउटा निशुल्क र इकोनोमी कक्षको दुई वटा टिकट किन्दा एउटा निशुल्क दिने अफर पनि ल्याएको छ।

सन् २०२२ को विश्वकपको प्रायोजन कतार एयरवेजले गर्ने