मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा स्पेन र पोर्चुगलमा कतार एयरवेजमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
उनले खोटाङ निर्मली डाँडा-१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । विदेश नपठाएपछि पीडितले रकम फिर्ता माग्दा दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा उनले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।