कतार जिल्ला समन्वय समितिद्वारा अन्तरक्रिया सम्पन्न

चिरन्जिबी तिम्सिना, दोहा – बिशुद्द सामाजिक भावनाले कतारमा स्थापना भएका जिल्ला संस्थाहरुलाई व्यवस्तित गर्दै स्थानीय नियम कानुनको दायरा भित्र रही नेपाल र नेपालीको हितमा हुने सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरु गर्न दशैँ, तिहार, तिज लगायतका राष्ट्रिय पर्वहरु सामूहिकरुपमा एकैसाथ एकै ठाउमा मनाउने तथा सम्पूर्ण सामाजिक गतिबिधिहरुका लागि सबै जिल्ला संस्थाहरुसंग समन्वय गर्दै सामाजिक कार्यमा समर्पित रहने उद्देश्यले स्थापित यो संस्थाले दोहाको नेपाली आँगन रेष्टुरेन्टको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कतार

संस्थाका संयोजक सुदर्शन भट्टको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सदस्य सचिव अशोक तामाङले संचालन गरेका थिए । जिल्ला स्तरीय सामाजिक संस्था एक आपसमा समन्वयकारीको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ऐक्यबद्धता राख्न बिभिन्न जिल्ला संस्थाहरुको उपस्थितिमा १६ सेप्टेम्बर २०१६ का दिन जिल्ला संस्था समन्वय समितिको तदर्थ समिति गठन गरि तीस जिल्ला स्तरीय सस्थाको सहभागितामा अन्तरक्रिया कार्यक्रम भयो भने कार्यक्रममा अधिकांश वक्ताहरूले एनआरएनए एनसीसी कतार र नेपाली राजदुतावास कतारले आफ्नु दायित्व बोध नगरेको मनसाय पनि बताएका थिए ।

आइसीसी सदस्य बिनोद भट्टराईले संघको आफ्नै नीति, नियम हुन्छन् सोही बमोजिम केही प्रविधिक समस्याको कारणले ट्रुटी भए छलफल गरि समाधान गर्न सकिने बताउँदै सके सम्म विभिन्न प्रदेशका आधारमा संस्थालाई समायोजन गराउन सके अझ प्रभावकारी हुने बताएका थिए भने आइसीसी सल्लाहकार टि बि कार्की, क्रमश समाजसेवी कमलमणी गुरागाई, बिल गुरुङ लागायतका व्यक्तिहरुले २००६ को स्मरण गराउँदै गैर आवासीय नेपाली संघ सरकारबाट स्वीकृति प्राप्त संस्था भएकोले जातीय, धार्मिक, साँस्कृतिक, वर्गीय विशेष नभएको विशुद्ध नेपालीहरूको सु:ख, दु:खमा विश्राम गर्ने शाझा चौतारी भएकोले यो संस्थाले आगामी दिनहरूमा प्रभावकारी ढंगबाट अगाडि बढ्न एनआरएनएलाई सुझब दिन सक्ने छ भन्दै नेपालीहरूको साझा संस्था एनआरएनए जस्तो अन्य कुनै पनि संस्था हुनै नसक्ने र दुतावासका विषयमा सकारात्मक पक्षमा समर्थन र सहयोग गर्न र प्रतक्ष वा अप्रत्यक्ष रूपमा आघात भएमा आवाज उठाउन पाउने स्वतन्त्र नैसर्गिक अधिकार रहेको बताएका थिए ।

त्यसैगरी विभिन्न प्रसंगलाई समाधान र विकल्पका लागि बृहत् रूपमा बहस, छलफल तथा अन्तरकृया गरि विकल्प खोजेर समाधान गर्न नेपाली दुतावास संग छिट्टै बस्ने कुरा एनआरएनए एनसीसी कतारका कार्यबाहक अध्यक्ष नबिन पोखरेलले बताएका थिए । त्यस्तै नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले अन्तराष्ट्रिय महिला दिवस र नेपाली राष्ट्रिय पर्व हरितालिका तिजलाई निर्विवाद पाउनु पर्ने दावी गरेकी थिइन ।

विभिन्न बिषयमा आफ्ना तर्क राख्नेहरुमा लम्जुङ सेवा समाजका सचिब सिताराम थापा, इलाम सेवा समाज कतारका महासचिव प्रेम सागर सुवेदी, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमृत कुमार शाही, अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परियार, ठकुरी सहयोग सन्जालका अध्यक्ष श्री राम मल्ल, मोरङसुनसरी सेवा समाज कातारका सचिब दीलिप पराजुली, पाथिभारा सेवा समाज कतारका अध्यक्ष दुर्गा प्याकुरेल, दाङदेउखुरी सेवा समाज कतारका का.वा. माहासचिब मीन ब.पुन मगर, चितावन सेवा समाज कतारका उपाध्यक्ष समिर खत्री, संखुवासभा सेवा समाज कातरका उपाध्यक्ष खगेन्द्र कार्की खस, लगायतका विभिन्न ब्याक्तिहरुले कार्यक्रममा विविध समस्याको समाधानको लागी दुतावास पुगेका लेपालीहरु लाई टिकट वा अन्य सहयोगका लागी निजको जन्म जिल्ला सस्था लाई सम्पर्क गर्न पठाउने गरेको र जिल्ला सस्थाले मात्रै सधै धान्न नसक्ने बताउँदै यस्ता समस्यालाई नेपाल सरकारले कुटनैतिक जिम्मेवारी प्राप्त नेपालीहरूको अविभावक दुताबासले सम्बन्धित निकाय संग छलफल गरि उद्धार, उत्थान कार्यका थप जिम्मेवारीको भूमिका निभाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आमन्त्रित अतिथिहरू क्रमशः, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, एनआरएनए कतारका महासचिव नन्द गर्बुजा, कोषाध्यक्ष भेषराज पराजुली, आदिवासी जनजाति महासंघका कतारका का.बा अध्यक्ष लिलम चिदी मगर, कर्ण लिम्बू, मदन श्रीस मगर, रहेका थिए ।

अन्तमा सभापति सुदर्शन भट्टले भने यो संस्था बिशुद्द सामाजिक भावनाले कतारमा स्थापना भएका जिल्ला संस्था हरुलाई ब्यबस्तित गर्दै स्थानीय नियम कानुनको दायरा भित्र रही नेपाल र नेपालीको हितमा हुने सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरु राष्ट्रिय पर्वहरु सामुहिकरुपमा एकैसाथ एकै ठाउमा मनाउने तथा सम्पूर्ण सामाजिक गतिबिधि हरुकालागि सबै जिल्ला सस्थाहरुसग समन्वय गरी अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्कालै सहयोग गर्न सहज हुने उद्देश्यले स्थापना गरिएको यस सस्थामा सहभागी हुनुहुने सम्पूर्णलाई धन्यबाद दिदै अन्तरक्रिया कार्यक्रमको समापन गरेका थिए ।

नयाँ वर्षको अवसरमा तमू समाज कतारको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न