कतार रेडकृषियण्टद्वारा बाढिपीडितलाई दुईलाख पचासहजार अमेरीकी डलर सहयोग

महेन्द्रप्रसाद पोखरेल दोहा-कतार नेपालीहरुको लागी काम दाम र माम मात्र होईन नेपालीहरुको पिडामा पनि उत्तिकै मल्हम पट्टिको काम गर्ने देश हो ।करिब चारलाख बढि नेपालीहरुको रोजगारीको स्थल कतार मध्यपश्चिमको सानो देश भईकन आर्थिक उन्नती र बिकासमा धेरै अगाडी रहेको छ ।

शान्त अनि शहयोगी मनका धनि कतारीहरु कहिले आफ्नो कम्पनी मार्फत कामदारहरुलाई उनिहरुको जिबनस्तर उकास्न उपहार स्वरुप रकम उपलब्ध गराउँछ भने कहिले बिभिन्न सामाजिक क्षत्रमा शहयोग गर्छ ।

नेपालमा गतसाल गएको बिनाशकारी भूकम्पमा कतारले उल्लेख्य शहयोग गरेको थियो भने यस बर्षको प्राकृतीक प्रकोप बाढिमा पनि कतार रेडकृषियण्टबाट दुई लाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ सहयोग गर्ने कुरा आफ्नो आधिकारीक फेसबुक मार्फत गराएको छ ।