अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूत सिफारिश

सरकारले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूत सिफारिश गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले ती देशका लागि राजदूत सिफारिश गरेको समाचामा जनाइएको छ ।

सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाजर बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको हो ।

सिफारिश भएका राजदूतहरु सत्तारुढ दलका शीर्ष तीन नेताको निकट रहेको बताइन्छ । कतारका लागि सिफारिस भएका राजदूत नारद सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

त्यसै गरी अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट र बंगलादेशका लागि सिफारिस भएका डा। वंशीधर नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका हुन् ।