कता छन् अहिले दर्शकले निकै माया गरेका गायिकाहरु ?

समय सधै एक नास हुदैन भन्ने कुरा जुन सुकै ठाउमा पनि लागु हुन्छ | आज हामिले समय संग चल्न सकेका वा समयले उनीहरुलाई चलाउन नसकेका केहि कलाकारको बारेमा जानकारी दिने प्रयास गरेका छौ |जो हिजो एकदमै चर्चित थिए तर आज लगभग सुन्य अवस्थामा छ उनीहरुको सक्रियता |

old-singer

सिन्धु मल्ल
केही वर्ष पहिला निकै व्यस्त गायिकाको रुपमा आफुलाई स्थापित गराएकी गायिका हुन सिन्धु मल्ल । उनको आवाजले धेरै दर्शकको मन जितेको छ । सम्धी ज्यू सम्धी ज्यू , लाठी चार्ज , ससुरालीमा , धरानको बजार, सोह्र वर्ष लागेपछि जस्ता दार्जनौ गित र तिज गीतरुले सिन्धुलाई निकै चर्चा दिलाएको थियो । पछिल्लो समय गिनिज बुक वल्ड रेकर्डको लागि रेडियो नेपालमा रेकर्ड गरिएको गीतमा सिन्धुले पनि आवाज दिन भ्याएकी छिन् ।

कुन्ति मोक्तान
सुनकै भाउछ सुन्तला भारीको ,गोठालो जादा,भन्छन् कोही,चोली राम्रो पाल्पाली ढाकाको लगायत दर्जनौ हिट गीतहरु गाँउने गायिका हुन कुन्ति मोक्तान । उनि पनि कुनै समय नेपाली संगीत क्षेत्रमा निकै व्यस्त गायिकामा परेकी थिईन । अहिले पनि आक्कल झुक्कल कार्यक्रमहरुमा गईरहन्छीन् । ढल्कीदो उमेर र बदलिदो संगीत क्षेत्रका कारण उनि पनि ओझेलमा पर्न थालेकी छिन् ।

रेकर्डिङमा भन्दा पनि स्टेज कार्यक्रममा अलि व्यस्त भएको कारण पनि मोक्तानको कमाल गर्ने सिर्जना पछिल्लो समयमा सुन्न पाइदैन । एउटै समयको वेगमा जसरी संगीतमा काम गर्न नसके पनि कुन्तिको सबै परिवार नै यहि क्षेत्रमा छन् । उनको श्रीमान सिला बहादुर मोक्तान र दुई छोरी शितल र सिवानी पनि संगीत क्षेत्रमा नै सक्रिय छन् । गायिका कुन्ति मोक्तान ओझेलमा परे पनि उनको ठाँउमा अहिलेसम्म कुनै पनि गायिकाले स्थान लिन सकेको छैन ।

लक्ष्मी न्यौपाने
लक्ष्मी न्यौपाने नाम नसुन्ने कमै व्यक्तिहरु होलान् । उनको आवाजको गीत आज पनि त्यतीकै कर्णप्रिय र मन छुने खालका छन् । कुनै समय लक्ष्मीको आवाजमा गीत रेकर्ड गराउनको लागि महिनौँ कुर्नुपर्ने हुन्थ्यो । सुरिलो स्वरकी धनि गायिका लक्ष्मीलाई संगीत क्षेत्रमा सबैले रुचाएका थिए । गीतमा पाएको चर्चा धेरै समय टिक्न सकेन या लक्ष्मीले टिकाउन सकीनन् । यो भने उनैलाई थाहा होला । वि.स २०५१ सालबाट संगीत क्षेत्रमा लागेकी लक्ष्मीले ५ हजार भन्दा धेरै गीतहरुमा आवाज दिएकी छिन् । कुनै समय बजारमा आउने सिडीहरुमा उनको आवाज सुन्न सकिन्थ्यो । विस्तारै संगीत क्षेत्रबाट लक्ष्मी अन्य सहपाठी जस्तै ओझेलमा पर्दे गईन ।कारण भने उनलाई आफ्नो परिवारलाई समय दिएको बुझिन्छ |

विष्णु माझी
गायिका विष्णु माझी पनि लक्ष्मी न्यौपाने संगैको सहपाठीमा पर्छिन । नेपाली संगीत क्षेत्रमा उनको पनि नाम नसुन्ने कमै होलान । तर अहिले उनि के गर्दैछिन् भन्ने विषयमा न विष्णु आफैले आफ्नो कुरा सार्वजनिक गरेकी छिन् न अरुले नै । वीचको ३ वर्ष सम्म अत्तो पत्तो नभएको विष्णुको केही वर्ष देखि फाटट् फुटट रुपमा तीजनको सुन्न पाईएको छ । उनको स्वर त सुनिन्छ तर दोहोरो कुराकानी गर्ने मौका न संचार माध्यमले पाएको न उनको साथीहरुले नै । ५ हजार भन्दा धेरै गीतमा आवाज दिएकी विष्णुले लोक सर्जक सुन्दरमणि अधिकारीसंग बिबाह गरिन तर सुन्दरमणिले विष्णुलाई आफ्नो गीतमा मात्रै आवाज भर्न दिएका छन् । सामाजिक संजालमा विष्णुको नयाँ फोटो नआएकै ८ वर्ष भईसकेको छ । अहिले विष्णु लगभग भुमिगत जस्तै भएकी छन् ।

आगन्तुक खरेल
वनमा फुल्यो फुल , कुन रङगको कमी थियो र मेरो पछैरीमा लगायतको बोलको गीतले आगन्तुकलाई चर्चामा पुर्यायो । छोटो समयमा आधुनिक पप गायिकाको रुपमा चर्चामा आएकी उनी पहिलेको जस्तै सक्रिय छैनन् । कमै गीत गाउने तर सोचेर गाउने गायिकामा पर्ने आगन्तुकको त्यही बानिले गीत कम चर्चा धेरै भयो । उनि संगीत क्षेत्रबाट ओझेलमा पर्नुको कारण पनि अन्य कलाकारको जस्तै बाध्यता छ । विवाह, विवाह पछि सन्तानको हुकाई बढाईको अनि संगीत क्षेत्रमा फर्कने समयमा नयाँ कुराहरुलाई सहर्ष स्वीकार गर्न नसक्नु पनि जस्ता धेरै कुराहरुमा आगन्तुक पनि पर्छिन ।

बिमा कुमारी दुरा
नेपाली लोक तथा दोहोरीको क्षेत्रमा एक समय बिमा कुमारी दुराले मजैले राज गरिन | बिशेष गरि पश्चिमेली लोक दोहोरीमा उनको दख्खल थियो | कुनै समय यस्तो थियो कि बिमाकुमारी दुरा र राजु परियार बिनाको सिडी नै निकाल्न आनाकानी गर्थे म्युजिक सेन्टरले | तर समय बदलियो,बिस्तारै उनि स्थापित बाट बिस्थापित बन्दै गईन | उनको नाम आज पनि उत्तिकै काफी छ तर पहिले जस्तो उनि बिना लोक दोहोरि चल्दैन भन्ने मान्यता भने टाढा पुगिसक्यो |

शर्मिला गुरुङ
शर्मिला गुरुङ पनि लोकदोहोरीको एक हस्ती हुन् | एक ताका बिमा कुमारी दुरा ,लक्ष्मी न्यौपाने ,र सर्मिला गुरुङले लोक दोहोरि धानेका थिए |टिपिकल लोक गीतमा उनको आवाज निकै राम्रो मानिन्थ्यो तर समय संगै उनि पनि हराइन |

माथि उल्लेखित गायिका मात्रै होइनन् ओझेलमा परेका अन्य गायक गायिका, कलाकारहरु पनि छन् जो कुनै समयका नामुद कलाकार मानिन्थे । तर समय संग संगै उनीहरु पनि हराउदै गएको देखिन्छ |