तपाईलाई थाहा छ ? फ्रिजमा राखेका सबै खानेकुरा ताजा रहँदैन, कतिपय हानिकारक बन्छ

हामी सबैले आजभोलि पकाएका खानेकुरा तथा फलफूल एवं तरकारी फ्रिजमा राख्ने गर्दछौं । यसरी फ्रिजमा राख्दा विग्रदैन भनिन्छ । तर, सबै कुरा फ्रिजमा राख्द हुँदैन, ती वस्तु ताजा हुनुको साटो हानिकारक समेत बन्न सक्छ ।

यहाँ फ्रिजमा राख्न नहुने केही तरकारी, फलफूल तथा अन्य पदार्थको छोटो जानकारी दिइनेछ ।

आलूलाई जहाँ पनि भण्डारण गर्न सकिन्छ र यसममा चाँडै नष्ट अथवा नकुहिने शक्ति हुन्छ । यदि आलुलाई फ्रिजमा राखियो भने त्यो हानिकारक हुन्छ । किनभने आलवुलाई लामो समय फ्रिजमा यसमा रहेको स्टार्च अर्थात् स्वाद र फाइबर सुगरमा बद्लिन्छ ।

मधुमेह तथा मोटोपनले ग्रसित रोगीको लागि यस्तो आलु सेवन गर्नु हानिकारक हुन्छ । हुन त सामान्य रुपमा पनि आलु मधुमेहका रोगीले खाने गर्दैनन् ।

त्यसै गरी आँपलाई ताजा राख्नका लागि कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा आँपमा रहेको एन्टि अक्सिडेन्ट घट्छ । फ्रिजमा राख्न नहुने अर्को फल हो खरबुजा । एकजनाले एक्लै खान नसक्ने हुँदा यसलाई काटेर फ्रिजमा राख्ने गरिन्छ । तर, त्यो गलत हो । काटेको खरबुजा फ्रिजमा राखेपछि त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ ।

फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ । यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु खानेकुरासँग प्रयोग गर्न सकिन्न । महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ ।

लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।

त्यसै गरी कफीलाई कहिल्यै फ्रिजमा नराखौँ । फ्रिजमा राख्दा यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।

हामीले तरकारी, सलाद तथा अचारका रुपमा प्रयोग गर्ने टमाटरलाई ताजा बनाइराख्न फ्रिजमा राख्ने गर्दछौं । तर त्यसो गदा यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ ।

त्यस्तै अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।

त्यसै गरी पिउनका लागि तयार गरिएको दूध पनि फ्रिजमा राख्नु हुँदैन । यदि दूध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।

त्यसै गरी केरा, स्याउ, सुन्तला, एभोकाडो, कागती, पाउरोटी, काजु, बदाम, किसमिस, जाम, ससलाई पनि फ्रिजमा राख्नु हुन्दैन ।