कतिसम्म बदमासी हुन्छन् भारतीय रियालिटी शोमा, राखीले गरिदिइन् पर्दाफास

टेलिभिजन ऐक्ट्रेस राखी सावंत छिट्टै ‘सावधान इंडिया’को एक एपिसोडमा खराब बुहारीको अभिनयमा देखिने भएकी छिन् । त्यसका लागि उनले तयारीको सुरुवात गरिसकेकी छिन् ।

rakhi-sawant-latest-wallpapers-12348-650x488

सात वर्ष अगाडि प्रशारित टेलिभिजनको एक रियालिटी शो ‘राखीका स्वयंवर’मा उनको बिहे एनआरआई बिजनेश म्यान इलेश परुजनवालासँग हुँदै थियो । तर राखीले एकाएक बिहे अस्वीकार गरेकी थिइन् । अहिले आएर त्यो बिहे अस्वीकार गर्नुमा आफूले पैसाका लागि त्यसो गरेको प्रतिक्रिया दिएकी छिन् ।

कार्यक्रमको प्रायोजकले नै राखीलाई बिहेका लागि तयार पारेको र अस्वीकार गरेपछि मोटो रकम दिने भनेर प्रस्ताव गरेपछि कार्यक्रममा खेलेको प्रतिक्रिया दिएकी छिन् । उनले सोही पैसाले मुम्बईमा फ्लाईट (घर) किनेको बताएकी छिन् ।

राखीले भनेकी छिन्, ‘म किन झूठ बोलूँ ?’ उनले भनेकी छिन्, ‘इलेशसँग पैसाका लागि बिहेको नाटक गरेकी हुँ । मलाई घर किन्न थियो । सोही कारण बिहेको झूठो अभिनय गरेँ ।’ उनले इलेशसँग त्यति बेला बिहे भएको भए अहिलेसम्म आफ्नो डिभोर्स भइसक्ने समेत टिप्पणी गरेकी छिन् । – एजेन्सी