कति आयात हुन्छ मोवाइल सेट

mbबढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको खबर आजको कान्तिपुरमा छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो ।

आचु आर्थिक बर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्छ ।

गत साउनदेखि माघ मसान्तसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने गरेको छ ।

नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोवाइल सेट आयात भएको देखिन्छ ।