कति कसिलो होला नाजिर र नम्रताको ‘गाँठो’ ?

सुरज भूषाल निर्देशित फिल्म ‘गाँठो’ भदौ ३१ गते शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सम्बन्धको कथा भन्ने यस फिल्ममा नाजिर हुसेन, नम्रता श्रेष्ठ (नव नायिका) र अभय बरालको अभिनय रहेको छ । फिल्म ‘गाँठो’ को व्यापार तथा प्रत्रिक्रियालाई कलाकार नाजिर हुसेनको करिअरसँग जोडेर हेरिएको छ ।

gatho

‘होस्टेल रिटन्र्स’ र ‘जंगे’ बाट दर्शकको मन जितेका नाजिरले ‘गाँठो’ बाट कस्तो प्रतिक्रिया पाउलान् ? तर प्रतिक्रिया जे जस्तो भएपनि व्यापारिक रुपमा भने ‘गाँठो’ लाई सहजता छैन ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले ‘गाँठो’ अप्ठ्यारो पार्ने देखिएको छ । ‘छक्का पञ्जा’ लाई पन्छाएर के ‘गाँठो’ तान्ला त दर्शक ? मोडलिङ फिल्डकी नम्रताको ‘गाँठो’ डेव्यु फिल्म हो ।