कति जम्ला शिवका छोरा र करिश्माकी छोरीको जोडी

नायक शिव श्रेष्ठ र नायिका करिष्मा मानन्धर एक समयको सर्वाधिक रुचाइएको जोडी हो । यो जोडीले नेपाली चलचित्र जगतमा कैयौं सुपरहिट चलचित्र पस्किएका छन् । तर लामो समय भइसक्यो यो जोडीलाई पर्दामा देख्न नपाइएको ।

तथापी अभिनेता शिवको छोरा शक्ति अनि अभिनेत्री करिश्माकी छोरी कविताले एउटै फिल्मबाट डेब्यू गर्न लागेका छन् । शिवको कथा र निर्माणमा एउटा यस्तो प्रेम कहानीमार्फत  शिव र करिश्माको एक समयको निर्विकल्प जोडीको झल्को सम्झन धेरै समय कुर्न नपर्ने भएको छ । हाल शक्ति र कविताले डेव्यू गर्ने चलचित्र एउटा यस्तो प्रेम कहानीको छायांकन भइरहेको छ ।

शिव श्रेष्ठको प्रस्तुती रहेको उक्त चलचित्रले भर्खरै टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा अभिनेता द्वय आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतलाई टीजरमा विशेष स्थान दिइएको को छ । साथै अभिनेता शिव श्रेष्ठ पनि टीजरमा अटेका छन् ।

‘एउटा यस्तो प्रेम कहानीमा’ नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेश सापकोटा निर्देशित चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर निर्माण गर्दैछन् । टिजर सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले चलचित्रमा करिष्माको पनि अभिनय रहेको बताएका छन् । शिव र करिष्माको जोडी बाँधिएको हो कि होइन त्यो चाहिँ खुलेको छैन् ।

टिजर-

‘यो प्रित’मा करिश्मा र मुकेशको रोमान्स(भिडियो सहित)