तेजाव छ्याप्नेलाई कति वर्षको कैद ?

bebastapikaव्यवस्थापिका संसदको विधायन समितिले लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा बनेको नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ लाई पारित भएको छ ।

सिंहदबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको हो ।प्रतिवेदनमा ‘तेजाव वा अन्य कुनै प्रज्ज्वलनशील पदार्थ आक्रमण गरी व्यक्तिको अनुहारलाई कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र एक लाखदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना’ गर्नुपर्ने बताइएको छ।

यस्तै, ‘शरीरका अन्य स्थानमा तेजाव वा अन्य त्यस्तै पदार्थ छ्यापेर कुरुप बनाएमा कसुरको प्रकृति हेरी ३ वर्षदेखि ७ वर्षसम्म कैद र ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना’को प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विभिन्न दफामा उल्लेख गरिएका केही शब्दावलीलाई परिवर्तन भएका छन्। संसदले यसलाई अनुमोदन गरेपछि यो कानुनको रुपमा आउने छ ।समितिको मंगलबारको बैठकमा सहभागी कानुनमन्त्री नरहरि आचार्यले समाजमा आपराधिक प्रवृत्ति बढ्दै गएको भन्दै कानुनलाई आवश्यक संशोधन गरेरै भएपनि दोषीमाथि कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारि दिनुभयो।