कतै विद्युतीय हाजिरी, कतै फेसबुक प्रतिबन्ध

नलगाड नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ। कसैले काम नगर्ने र कसैले काममा खटिर्नुपर्ने प्रथाको अन्त्य गर्न विद्युतीय हाजिरी सुरु गरिएको नगरप्रमुख टेकवहादुर रावलले बताए।

कार्यालय समयमा कर्मचारी आए नआएको जाँच गर्न विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ। यता भेरी नगरपालिकाले कार्यालय समयमा कर्मचारीलाई फेसबुक नचलाउन निर्देशन दिएको छ। कार्यालयको काममा बाधा भएको भन्दै कार्यालय समयअवधिमा फेसबुक नचलाउन निर्देशन दिएको भेरी नगरपालिकाले जनाएको छ।