कविता र उमेश सुटुक्क नेपाल, कतै ‘बोबी २’ को लागी त होइन ?

त होइन ?रियल जोडीको रियल कथामा आधारित फिल्म ‘बोबी’ ले नेपाली सिनेहलमा राम्रै बजार पायो । यो वर्षको साउन २९ गते प्रदर्शनमा आएको उक्त फिल्मको इनिसियल बक्सअफिस कलेक्सन कमजोर भएपनि राम्रो ’वर्ड अफ माउथ’ भने पाएको छ ।

फिल्मको लिड रोलमा रहेका उमेश थापा र कविता गुरुङ को आफ्नै रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अहिले विदेशमा राम्रै डिमान्ड भइरहेको छ । यो फिल्म निर्देशक मिलन चाम्स भने अहिले ’वीरविक्रम २’ को छायांकनमा व्यस्त छन् ।

नर्वे बस्दै आएका कविता र उमेश अहिले आफ्नोे छोरासहित नेपाल फर्केका छन्् । सुटुक्क नेपाल फर्केको यो जोडीले मुक्तिनाथ दर्शन गर्न समेत भ्याइसकेको छ । त्यहाँ उनीहरुले मुस्ताङमा छायांकन भइरहेको ’वीरविक्रम २’ को सेटमा पुगेरे निर्देशक चाम्सलाई पनि भेटेका छन् ।

कतै कविता र उमेश अकास्मात नेपाल आउनुको कारण निर्देशक चाम्ससँग सिक्वेल निर्माणको विषयमा छलफल गर्न त होइन ? यो विषयमा सम्बन्धित स्रोतले भेटमा अर्को वर्ष्भित्र छायांकन सुरु गर्न ‘बोबी’ जोडीले निर्देशन चाम्सलाई आग्रह गरेको बताएको छ । सिक्वेल बने उमेशको सफलता र संघर्षको कथामा निर्माण हुने यसअघि नै निर्देशक चाम्सले बताएका थिए ।