कथा काठकमाण्डुको ‘रातको कुरा’ रोमान्टिक गीत रिलिज

नेपाल आइडलमा जजको  भूमिका समेत निभाइसकेकी इन्दिरा जोशीको स्वरमा चलचित्र कथा काठमाण्डु को ‘रातको कुरा’ रोमान्टिक गीत रिलिज गरिएको छ । प्रदिप बाँस्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की ,कलाकार प्रमोद अग्रहरी र इन्दिरालाई पनि देख्न सकिन्छ ।

चलचित्रको लेखन, निर्देशन तथा कोरियोग्राफी संगीता श्रेष्ठले नै गरेकी छिन् । गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई कलात्मक ढंगले संगीताले नै कोरियोग्राफर गरेकी हुन् । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । प्रियंका कार्कीको यो हट अवतारले धेरैलाई अचम्मित समेत बनाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुने छ ।

काठमाण्डौ भित्र हुने ३ फरक फरक कथामा तयार गरिएको यो चलचित्रको भिडियोले युटुबमा सार्वजनिक भएसँगै चर्चा पाएको छ।

गीत हेर्नुहोस् :-