कथा : मोटरसाइकल भर्सेस टिपर

टिपर

पिलिक्क आँखा खोलिन् उनले । आँखा चिम्लिएका बेला अनुहार नियालिरहेका मेरा आँखामा जुधे उनका आँखा ।

अर्कोतिर फर्किन खोजे जस्तो गरिन् । शरीर त हल्लियो तर फर्किन् सकिनन् । तीन दिन भइसकेको थियो म वार्डमा बसेको । उनी केही घण्टा पहिला मात्रै वेड नम्बर १०४ मा आएकी थिइन् । वेड नम्बर १०३ मा सुत्ने मेरो चाँही एक दिन मात्रै बाँकी थियो ।‘के भएको तपाइलाई ?’ म बोल्न खोजें।

भर्खरकी युवती थिइन् उनी । उमेर पनि त्यस्तै २२÷२५ वर्ष । अनुहार पनि आकर्षक, हेरिरहुँ जस्ती ।मुसुक्क हाँसिन उनी । अनुहारमा झल्किएको मुस्कान देख्दा लाग्दैनथियो, उनी विरामी छन् ।‘लडेकी’, मलिन स्वरमा सुनाइन्, ‘मलाईचाँही यती थाहा छ, बाँकी डाक्टरलाई सोध्नुर्छ ।’एक छिन् मौन रह्यौं हामी । वार्डमा केही समयअघि मात्रै आएकी उनलाई अरु केही बोलाउन पनि त चाहिन् । धेरै बोल्यो भन्यो, नर्स आएर गाली गर्न सक्थिन् । ‘यहाँ गफ गर्न पाइदैन् ।’ भन्न सक्थिन् ।‘शरिरमा लागेको घाउ त डाक्टरले उपचार गर्लान, तर मनमा लागेको घाउ….।’ उनको अनुहारमा निराश छायो । अड्किन उनी । केही बोल्न सकिनन्।

हातको समस्याले गर्दा फेसबुक नचलाएको केही दिन भएको थियो । २४ सै घन्टा फेसबुकमा झुण्डिने मलाई फेसबुकको न्यास्रो लागिसकेको थियो । एउटै हातको सहायताले फेसबुक खोलेँ ।

मेरो मनमा भने यसपछि धेरै कौतुहल भयो । खुट्टा र कम्मरमा सेतो बेन्डिज त मैले पनि देखेकै हुँ । के भएर लडेकी रहिछन् ? जान्न चाहान्थे म ।‘तपाइलाई के भएको नि ?’ उनले मेरो बारेमा जान्न खोजिन् ।‘म पनि तपाई जस्तै लडेको ।’ छोटो उत्तर दिए मैले ।‘कति दिन भयो ?’ अर्को प्रश्न पनि थपिन् उनले ।‘लडेको त दिन होइन वर्ष भयो । पाँच वर्षअघि नै लडेको । त्यो बेला अप्रेसन गरेर स्टिल राखेको थियो । अहिलेचाँही त्यही स्टिल निकाल्न अप्रेसन गरेको । पुरानो भएको कारणले गर्दा निकाल्न धेरै गाह्रो भयो ।’‘तपाईचाँही कसरी लड्नुभयो ?’

‘यसको कथा लामो छ । आज फेरि बोल्ने मोड पनि छैन् । कुनै दिन सुनौंला ।’ उनी भावुक बनिन् ।‘सम्झना पौडेल ।’ नर्स कराउँदै हाम्रो बेड नजिकै आइन् । उनले टाउको उठाए जस्तो गरिन् ।‘तपाइको आफ्नो मान्छे खोई ?’‘खाना लिन जानुभएको छ ।’ सम्झनाले सुनाइन् ।‘आएपछि यो औषधी ल्याउनु भन्नु है ।’सम्झनाले नर्सको हातमा रहेको कागजको टुक्रा समाएर छेउमा राखिन्।

‘धेरै कुरा नगर्नु नि, टाउको दुख्छ । मनमा चिन्ता पनि लिनु हुँदैन् बढी ।’ नर्सको कुरा सुनेपछि सिरानमा राखेको मुन्टो हल्लाइन् सम्झनाले ।‘तपाई यहाँ बसेको कति दिन भयो ?’ उनले सोधिन् मलाई ।‘अस्ती आएको हो, डाक्टरले भोलि डिस्र्चाज गरिदिन्छु भनेको छ ।’सम्झनाकी भाउजु आइपुगिन् । टिपिनमा खानेकुरा ल्याएकी थिइन् । झोलामा एउटा ब्लाङकेट रहेछ, त्यो पनि निकालिन् ।‘दाइलाई फोन गरेको थिएँ, रिसाएर गाली गर्दै हुनुहुन्थ्यो । बुबाआमालाई त फोन पनि गरेको छैन् ।’ उनकी भाउजु रिसाहा अनुहारमा बोलिरहेकी थिइन्।

‘अलि निको भएपछि म आफैं गर्छु फोन, बुबाआमालाई अहिले नगर्नुहोला ।’ मलिन स्वरमा भाउजुसँग बोलिन् सम्झना ।सोझै अनुमान गरेँ, परिवारसँग राम्रो रहेनछ । त्यसपछि हामी पनि बोलेनौं त्यो दिन ।पत्रिका लिएर आउँदै थिए म । विहानको ७ बजेको हुँदो हो । ‘कुन पत्रिका हो ।’पत्रिकाको मास्टहेड देखाएँ । म यस पत्रिकामा समाचार लेख्ने काम गछु भनौं जस्तो लागेको थियो । तर, भनिन् । बोल्न खोजेको कुरा मनमै राखेँ।

न्युज फिड हेर्न थालेँ । म्यासेज, नोटिफिकेसनको पनि चाङ थियो । अचानक मुसुक्क मुस्कुराएको उसको तस्बिर देखें । शरीर लगलग काम्यो । हात कामेर मोबाइल पनि फुत्रुक्क भुँइमा खस्यो । तस्बिर न्युज लिंकभित्र थियो । हेडलाइनले नै उनीसँगको क्षण सम्झिन पुगेँ म ।

मेरो हातको अप्रेसन भएर होला । बोल्न, हिड्डुल गर्न गाह्रो थिएन् । विरामी जस्तो थिइन म । त्यसैले बेडमा सुतिरहन मनै लाग्दैन थियो । म उनै सम्झनाको छेउमा गएर गफिन थाले । उनी पनि विस्तारै खुल्दै गइन् ।उनी बेडमा सुतिरहेकै थिइन् । म उनको बेडछेउमा टुलमा बसेको थिएँ । उनको सिरानपटी बसेपछि सानै स्वरमा कुरा सुनिन्थ्यो । अरु विरामीलाई हल्ला पनि भएको थिएन् । म विरामी उनीचाँही कुरुवा जस्तो देखिएका थियौं ।धेरै कुराकानीपछि उनले आफ्नो कथा सुनाउने मनसाय देखाइन् । त्यो भन्दा अगाडि उनले भनिन्, ‘मेरो मन यतिबेला भित्रभित्रै जलेर खरानी भइरहेको छ । न म डाँको छोडेर रुन सक्छु, न मर्न नै । फेरि म यो संसारमा कसरी बाँच्ने होला भनेर पनि सोचिरहेको छु । तिमी मेरो भाइ जस्तो लागेर मन हल्का पार्न मात्रै भएपनि कसरी लडेँ भनेर सुनाउन चाहेकी हुँ।’

सम्झनाले मलाई भाइको साइनो लगाइन् । अब, मैले सम्झनालाई दिदि भन्नुपर्ने भयो । त्यसको सट्टामा उनको मनको पीडा सुनिदिन पर्ने भयो । उसले त के सुनाउँथिन् । मैले नै अनुरोध गरेको थिए । उनी कसरी लडेर चोट लाग्यो भनेर जान्न । थाहा, छैन् उनको कहाँनी सुनेपछि मैले मल्हम लगाउन सक्छु वा सक्दिन् । म गम्भिर मुद्रामा सम्झनाको अनुहारमा नियालिरहेको थिएँ । जती म गम्भिर थिएँ, त्यो भन्दा बढी गम्भिर सम्झना देखिन्थीन् । तैपनि सम्झना एकोहोर बोल्न थालिन् ।

घर रामेछाप हो । एघार पढ्न काठमाडौं आए । व्याचलर लास्ट यिअर पढ्दैछु । बुबाआमा गाउँमै खेतीकिसानी गर्नहुन्छ । दाजु नेपाल आर्मीमा जागिरे हुनुहुन्छ । भाउजु र मसँगै बस्छौं काठमाडौंमा । कक्षा १२ पढ्दा कलेजले टुर लग्यो–लुम्बनी, पोखरा, गोरखा । विज्ञान संकायमा अध्ययन गर्ने साथीहरु पनि थिएँ टुरमा सँगै । नरेश शर्मा नाम गरेको केटा थियो विज्ञान संकायमा । निकै ह्यान्डसम थियो उ । सबै केटीको नजर उतिर हुन्थ्यो । उसको नजरचाँही मतिर हुन्थ्यो । क्यानटिनमा भेट हुन्थ्यो । बोल्न खोज्थ्यो, तर कहिल्यै बोल्ने मौका मिलेन् । हामी दुई बीचको पहिलो संवादको साइत जुरेर आएको थियो टुर ।‘बाटो चिप्लो छ, होसियारी भएर हिडँ है नत्र…।’ गोरखा दरबारको उकालो उक्लिदै गर्दा पछाडिबाट आवज आयो । फर्केर हेर्दा उही नरेश रहेछ । मेरो ख्याल गरेकोमा भित्रभित्रै खुसीले उकुसमुकुस बनायो । मेरो अनुहारको खुसी नरेशलाई नदेखाई जिस्किने प्रयास गरेँ ।
‘नत्र…के ?’

‘लडिन्छ ।’ उसले मुस्कान छाडयो माया मिसाएर । ‘पछाडि बसेको के काम त ? म लडे भने तिमी समाइहाल्छौ नि ।’ नरेशको ओठमा मुस्कान मात्रै देखियो । कुनै शब्द निस्कएन् ।नरेश र मबीचमा यसैगरी संवाद बढ्दै गयो । संवाद मात्रै कहाँ हुनु माया पनि त बढ्दै गयो नि हामी बीचमा ।

उ सरकारी जागिरको लागि तयार गरिरहेको थियो । पाल्पाबाट बुबाको फोन आउँथ्यो नरेशको । जहिल्यै एउटै आवाज सुनिन्थयो । ‘जसरी हुन्छ सरकारीमा नाम निकालेस् ।’त्यसैले त नरेश कोर्स किताब कम, लोकसेवाका किताब बढी घोक्थ्यो । उसको कोठामा पनि त लोकसेवा आयोग लेखेका किताव, पत्रिकाको छरपस्ट देखिन्थेँ।

नरेशले पाँच पटक लोकसेवा आयोग दिइसक्यो । एक पटक बैकल्पिकमा नाम निस्क्यो । एक पटक अन्र्तवार्तामा फालियो । यो बाहेक उ लिखितमै फेल हुन्छ, जहिल्यै ।‘अरु पेसा गरेपनि हुन्छ नि ।’ एक पटक मैले सम्झाए ।रिसाउँदै भनेको थियो, ‘भोलीपर्सी तिम्रो घरमा तिमीलाई माग्न जाँदा केटो चाँही सरकारी जागिरे हुनुपर्छ भनेर तिमीलाई दिएनन् भने के गर्दछौं ।’मैले हास्दै भनेकी थिए, ‘भागेर विहे गरौंला नि ।’नरेश निकैबेर बोलेन् । उसले मलाई पनि त लोकसेवा तयारी गर्नु भनिरहन्थ्यो । किताब पनि दिएको थियो मलाई । मचाँही उसकै लागि पढेँजस्तो गरिदिन्थेँ । लोकसेवाको किताब अगाडि राखेपछि उही नरेशलाई सम्झिन्थेँ, अनि कसरी किताब पढ्नु ?

एक दिन यही कुरा नरशेलाई सुनाए । उसले मुस्कानसहित भन्यो, ‘मलाइ भन्दा बढी लोकसेवालाई माया गर अहिले, लोकसेवामा नाम निस्केपछि म भन्दा पनि बढी माया गर्ने मान्छेको कमी हुँदैन् तिम्रो लागि ।’म झर्किए नरेशसँग । ‘तिमी बाहेक कसैको हुनुछैन् मलाई । पढ्दिन म लोकसेवा ।’‘म तिम्रो नभइ मरेँ भने….।’ नरेशको मुखमा हात लगेर टाँलिदिए । उसको काँखमा ढलेर बेस्कन रुन थाले म । उसले मलाई फकाँउदै मर्ने कुरा अब कहिल्यै नगर्ने वाचा गरयो।

‘आज हामी नगरकोट घुम्न जानेँ ।’ मोवाइलमा म्याजेस आयो । भाउजु क्यान्डी क्रस खेलिरहनु भएको थियो मेरो मोवाइलमा । धन्न लक राखेको थिएँ, भाउजुले हेर्न पाउनु भएन् ।‘सरप्राइज दिनुछ तिमीलाई ।’ फेरि अर्को म्याजेस आयो ।भाउजुसँग कसरी बहाना बनाउने होला ? मनमा उपाय सोच्न थालेँ ।मोवाइल आर्लम राखे पाँच मिनेट पछिको अनि गोजीमा हाले । आर्लम बज्न थाल्यो मोवाइलमा । गोजीबाट निकाल्दै बटम थिचेर आर्लम अफ गरेँ । मोवाइलचाँही कानमा लगाएर कुरा गरे जस्तो गरेँ । मैले कुरा गरेको भाउजु सुनिरहनु भएको थियो।

‘के को प्राटिकल भनेको ?’ भाउजुले मैले फोनमा बोलेको कुरा सुनेर सोध्नुभयो ।‘फोटोग्राफीको भाउजु । नगरकोट जानपर्ने रे । १० बजे कलेज आइसक्नु भनेको छ ।’ मेरो बहाना सफल नै भयो ।धन्न फोनमा कुरा गर्दै गर्दै मोवाइलमा कसैको फोन आएन् । फोन बजेको भए, खेलै खत्तम हुन्थ्यो । एक पटक भगवानलाई सम्झेँ । आँखामाचाँही नरेश नै घुमिरहेको थियो ।बस चढेर नगरकोट पुग्यौं ।‘आजको सरप्राइज सुन्न आँतुर छु ।’ नगरकोटबाट देखिएका हिमालहरु हेर्दै नरेशको काखमा ढल्किए म । सुर्योदय होटलको तेस्रो तलको झ्यालबाट बाहिर नियाँल्यो नरेशले।

‘ती हिमाललाई साँझी राखेर सिउँदो रंगाउनु सरप्राइज होइन र ।’ नरेशले काखमा रहेको मेरो टाउको हात लगाएर उठाउँदै गालामा चप्प किस खायो ।‘अबदेखि म सरकारी मान्छे भएँ, बुबाको सपना पुरा गरेँ ।’ नरेश प्रफुल्लित थियो । उसको साथमा हुँदा त्यतिकै प्रफुलित हुने मेरो लागि त झन के चाहियो यो भन्दा खुसी । नरेशको जो सपना पुरा भएको थियो ।नरेशले त्यस दिन आफ्नो कथा पनि सुनायो । नरेश ८ वर्षको हुँदा उनकी आमाको मृत्यु भयो ।

‘मेरी आमा उपचार पाएको भएँ बाँच्ने थिइन् रे । त्यसैले डाक्टर बन्ने सपना बोकेर विज्ञान पढेको तर बुबाको लिडेढिपिले लोकसेवा पढेँ । मेरो कोठाको हालत देखिहाल्यौं, लोकसेवा पढ्दा कतिदिन मैले दालमोठ र चिउराको भरमा रात व्यतित गरेको छु । आमाको मायापछि मैले पाएको दोस्रो महिलाको माया तिम्रो हो । त्यसैले यो खुसी बुबालाई सुनाएपछि तिमीलाई नै सुनाएको हुँ ।’ नरेश बलिन्द्र आँसु धारा भयो । ती आँसुमा खुसी र पीडा दुबै मिसिएका थिए । लोकसेवामा नाम निकालेको खुसी र आमालाई बचाउन नपाएको पीडाका आँसु पुछ्दै बोल्यो, ‘तर, तिमीसँग भेट भएपछि मैले बल्ल थाहा पाउँदैछु, महिलाको माया कति न्यानो हुँदो रहेछ भनेर ।’उ मेरो अँगालोमा बेरियो । मैले पनि त उसलाई उसैगरी न्यानो आभाष दिए ।केहीबेरपछि दुबै जना सम्हाल्यौं।

‘अबको मेरो सपना भनेको तिमीलाई मेरो घरमा भित्र्याउनु हो । मैले कति कहर गरेर विवाह गर्नु भन्दा पनि नमान्नु भएका मेरा बुबालाई बुहारीले पकाएको खाना खुवाउनु छ ।’मोवाइलमा घण्टी बज्यो । फोन भाउजुको रहेछ ।‘कतिबेला आउने हो ? रात त परयो त ?’ भाउजु अलि चर्किनुभयो । झ्यालको पर्दा तानेर हेर्दा त आकाशमा जुन देखिएछन् ।‘बाटोमा गाडी विग्रएर ढिला भयो, हामी आउँदै हो भाउजु ।’ छिनभरमै बहाना बनाए ।‘गाडी पाउने त सम्भावना छैन यतीबेला ।’ सडकमा देखिएका एक बटुवाले प्रतिक्रिया दिए । के गर्ने भनेर अन्योल भयौं हामी।

‘कि यतै बसौं ।’ नरेशले मुख खोल्यो । भाउजुले गाली गरे आजबाटै हाम्रो घरमा बस्नपर्छ भन्दैथियो नरेश । अहिले नै यस्तो गर्नु उचित लागेन मलाई । नरेशलाईसम्झाएपछि होटलवाला साहुलाई भेटयौं । साहुले ट्याक्सी सम्र्पक गरिदियो । फर्किदा मोटरसाइकल खरिद गर्ने योजना पनि बन्यो हाम्रो ।८ः३० बजेछ घर आइपुग्दा । भाउजु चुकुल लगाएर सुतिसकिछन् । ढोका कतिपटक हाने । फोन पनि त धेरै पटक गरे । भाउजुको प्रतिक्रिया आएन् । एक झ्वाक त नरेशलाई बोलाएर उसैको कोठामा जाउ जस्तो लागेको थियो । धन्न भाउजु कुर्लिदै आइन्।

भाउजु एकपछि अर्को अपशब्द बोल्दै गइन् । भाउजुले ममाथि गरेको शब्दहरु मनमा घोचिरहेँ । रातभरी पनि त भाउजुले भनेका शब्दहरुले निदाउनै दिएन मलाई । नरेशसँगको च्याटमा पनि सबै कुरा सुनाए । नरेशले जागिरको पहिलो तलबबाट मोटरसाइकल खरिदको योजना बनायो । नभन्दै मोटरसाइकल पनि किन्यो । मोटरसाइकल किन्नुको एउटै कारण थियो–हामी दुई घुम्न जाने ।मोटरसाइकल खरिद गरेपनि त लामो टुर घुम्न जाने मौका मिलेको थिएन् । फेरि नरेशसँग न लाइसेन्स थियो, न राम्रोसँग चलाउन जान्दथ्यो । केही समयपछि नरेशको सरुवा हुने भयो विराटनगरमा । उ विराटनगर गएर चाँजोपाँजो मिलाएपछि विवाहको कुरा अगाडि बढाउने सल्लाह भयो हाम्रो।

विराटनगर गएपछि मोटरसाइकलको के काम भयो र ? ‘बेचेर जान्छु, विवाहपछि हामीसँगै हुन्छौं, किन चाहियो मोटरसाइकल ?’ नरेशको कुरामा राजी थिए म ।‘एक दिन भएपनि तिम्रो मोटरसाइकलमा चढेर घुम्न जाने हो ।’ मैले प्रस्ताव राखेँ ।‘राम्रोसँग चलाउन जान्दिन्, तैपनि तिमीलाई लिएर जान सक्छु ।’ नरेशले आँट गर्यो ।नगरकोटको यात्रा तय भयो । कोटेश्वर कटेपछि मोटरसाइकल ओभरस्पिड गरयो नरेशले । म अत्लिदै टिफर आएको छ, स्लो प्लिज भनेर नरेशको हात समातेको मात्रै याद छ मलाई ।

सम्झनाका आँखाबाट आँसुको थोपा तप्प..तप्प सिरानीमा खसिरहेका थिए । म मौन रहे । केही बोल्नै सकिन् । पत्रिकामा आँखा डुलाए । ‘म पनि हेरुम न् पत्रिका ।’ सम्झनाले जिज्ञास राखिन् । निकै बेरपछि ।
मैले टाउको अलि माथि उठाइदिए । सिरानीको आड पनि राखिदिए । अनि उनको हातमा पत्रिका राखिदिए । उनी पत्रिका हेर्दै गइन । एउटै पेजमा मात्रै निकैबेर आँखा अडियो ।
‘के कुरा पढ्न थाल्नुभयो ?’

उनी बोलिनन् । मैले फेरि दोहोराए । तरपनि बोलिनन् । म मेरै बेडमा थिए । उनको आँखा सेतासेता भए जस्तो देखेँ । छेउमै रहेकी नर्सलाई भने, ‘उहाँलाई गाह्रो भए जस्तो छ ।’नर्स आइन् छेउमा ।‘कतिबेलादेखि यस्तो भएको ?’ अत्लिएर सोधिन् नर्सले ।‘पत्रिका पढ्दै हुनुहुन्थ्यो, बोलाएको बोल्नु भएन् ।’ म पनि डरले थुरुरर कामेँ ।अर्को नर्स, डाक्टर पनि आँए । कुनी के सुइ दिए, औषधी दिए जस्तो गर्दै थिए । अनि इमजेन्सीमा लगेँ ।मचाँही अघि उनका आँखा अडिएको पत्रिकाको पेज नियालेँ । उनले हेरेको पेजमा ६ वटा श्रद्धाञ्जिली छापिएको रहेछ । एउटा श्रद्धान्जलीमा नायब सुब्बा नरेश सर्मा लेखेको फोटो छापिएको थियो । अलि अघि सम्झनाले कुरा गरेका नायव सुब्बा तिनै थिए । सोझै अनुमान लगाए । सम्झनालाई त्यही कुरा असह्य भएर बेहोस भएकी रहिछन् । मनमनै सोचेँ मैले ।

डिस्र्चाच भएको भोलिपल्ट फेसबुकमा उनकै समाचार थियो त्यो । लेखिएको थियो–उपचारका क्रममा मृत्यु भएपछि आफ्न्त आन्दोलनमा । म यही समाचार हेरेर निकैबेरदेखि टोलाइरहेको छु । मेरो आँखामा सम्झनाको सम्झना आइरहेछ बारम्बार ।

आजको नागरिकमा खबर छ ।