ऐश्वर्यालाई स्कुल पढ्दै गर्दा मोडलिङको प्रस्ताव

ऐश्वर्या
आफ्नो करियरको सुरुवात धेरैजसो बलिउडका स्टारहरुले मोडलिङबाट गरेका छन् । बलिउडमा प्रवेशका लागि कतिपय कलाकारले फेसनको संसारमा नाम कमाएको देखिन्छ ।

ऐश्वर्या राय, कैटरिना केफ, दिपिका पादुकोण यी सबैले फेसनबाटै बलिउड फिल्मी क्षेत्रमा सफल भएका हुन् ।

ऐश्वर्या रायलाई स्कुल पढ्दै गर्दा मोडलिङको प्रस्ताव आएको थियो । उनी त्यतिबेला ९ कक्षा पढ्थिन । बाल्यकालमा आर्किटेक्ट बन्ने सपना बोकेकी ऐश्वर्याको मनपछि मोडलिङतर्फ गयो ।

उनलाई मोडलिङको पहिलो प्रस्ताव क्यामलिन कम्पनीबाट आएको थियो । पछि उनले कोक, फूजी तथा पेप्सीका लागि पनि काम गरिन् र पढाइलाई पनि निरन्तरता दिइन । मोडलिङमा लाग्दा लाग्दै उनले १९९१ मा सुपरमोडल प्रतिस्पर्धा जितिन् ।

यसपछि १९९३ मा अभिनेता आमिर खानसँग उनले पेप्सीको विज्ञापनमा खेलिन र चर्चित पनि भइन् । १९९४मा मिस वल्र्डको उपाधी जितेपनि उनको संसारनै फरक भयो । त्यसपछि उनले १९९७ बाट इरुवर नामक फिल्मबाट फिल्मी दुनियाँमा आफूलाई प्रवेश गराइन् ।

यो पनि हेर्नुहोस्-दोधारमा छिन बलिउड अभिनेत्री ऐश्वर्या राय

पश्चातापमा दिपिका !

दिपिका

आफ्नो करियरप्रति बलिउडकी चर्चित र सबैभन्दा महँगी नायिका दिपिका पादुकोण चिन्तित छन् । उनले आफ्नो करियरप्रति आफैलाई पश्चाताप लागेको बताएकी छन् ।

फिल्मफेर ‘बजिरओ मस्तानी’ मा बोल्दै उनले आफूले ‘यसजी’ अर्थात यस चोपरासँग काम गर्न चाहेको इच्छा व्यक्त गरेकी छन् ।

चोपरासँग काम गर्न नपाउँदा आफू दुःखी भएको बताइन् । चोपराले आफ्नो निकै ख्याल गर्ने र आफूले पनि उनको ख्याल गर्ने उनले बताएकी छन् ।

यो पनि हेर्नुहोस्-बलिउडमा दिपिका पादुकोण सबै भन्दा धनि अभिनेत्री