क-कसको नजर पर्यो प्रियंकामा ? (भिडियो सहित)

सबिता राई : नायिका प्रियंका कार्कीले सबैको नजर उनी माथी भएको बताएकी छिन् । उनले भर्खरै सार्वजनिक भएको गायिका कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर’ बोलको गीतको भिडियोमा यस्तो भनेकी हुन् ।

गीतको भिडियोमा कार्कीलाई युवा मोडल महेश खड्काले साथ दिएका छन् । गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत र चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

यस गीतको भिडियामा गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको छ भने भिडियोलाई नवराज उप्रेतीले छायाँकन र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :-