ऐश्वर्यालाई चुम्बन गर्दा हात काप्थे : रणवीर कपुर

aishwarya-rai-ranbeer-kapoor

करण जोहरको सिनेमा ए दिल है मुश्किलमा अभिनेता रणवीर कपुर  र अभिनेत्री ऐश्वर्या रायका धेरै ईंटिमेट सिनहरु छन् । यीनै सिनका कारण टिजर र ट्रेलरबाटै उनीहरुले निकै चर्चा पाएका छन् । अभिनेता रणवीरले एजेन्सीसँग पहिलो पटक चलचित्रमा ईंटिमेट सिनहरु दिँदाको अनुभव सेयर गरेका छन् । उनका अनुसार चलचित्रमा ऐश्वर्यासँग किस सिनको लागि जब उनी ऐश्वर्याको गालामा हात लान्थे उनका हातहरु काप्थे । उनले ऐश्वर्यासँग यी सिनहरु दिँदा आफूलाई निकै लाज लागेको बताए । तर ऐश्वर्याले उनलाई हिम्मत नहारी कोसीस गर्न सुझाव दिन्थिन् र उनी फेरि गर्थे । यति मात्रै नभएर ऐश्वर्याले रणवीरलाई एक अभिभावकले जस्तै गरी, सम्झाउँदै ध्यान दिएर काम गर्न सुझाउँथिन् । चलचित्रका ईंटिमेट सिनहरु गर्न ऐश्वर्याले रणवीरलाई सघाएको रणवीरले बताएका छन् । रणवीर आफूलाई मन पर्ने अभिनेत्रीहरु माधुरी दिक्षितसँग ए जवानी है दिवानीमा र ऐश्वष्र्यासँग ए दिल है मुश्किलमा काम गर्न पाएर निकै खुशी छन् । ए दिल हे मुश्किलमा रणवीर र ऐश्वर्या बाहेक अनुश्का शर्मा र फवाद खानको पनि मुख्य भूमिका छ ।