सिरियामा एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

एजेन्सी: सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै निहत्था नागरिक मारिएका हुन् ।

सिरियाको संघर्षलाई नजिकबाट हेरिरहेको बेलायतस्थित समूह अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यो हमलामा मारिनेमा १२१ जना त बालबालिका नै रहेका छन् ।

सिरियाली सुरक्षाबलले रूसको सहयोगमा गत आइतवारदेखि विद्रोहीको क्षेत्रमा हमला गरिरहेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले यस संघर्षलाई रोक्ने प्रयासस्वरुप युद्धविरामको कोशिश गरे पनि सहमति जुट्न सकेको छैन ।

सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् । तर रूसले सिरियाको अहिलेको अवस्थामा युद्धविराम लागू गर्न नसकिने जनाएको छ । उसले इस्लामिक स्टेट समूह तथा नुसरा फ्रन्ट जस्ता समूह सक्रिय भएर दमास्कसमा हमला गरिरहेको जनाउँदै युद्धविराम अस्वीकार गरेको छ ।

रुसको यस भनाइको जवाफमा पश्चिमी राजनीतिककर्मीहरुले भने रूसले यस्तो कुरा गरेर समय बर्बाद गरिरहेको जनाएका छन् । पश्चिमी देशले रुस सिरियाली सुरक्षाबलको ज्यादतिको बचाउमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार विद्रोहीहरुले गत आइतवारदेखि अहिलेसम्म कम्तिमा पनि १६ जना सर्वसाधरणको हत्या गरिसकेका छन् । तर यसको बदलामा सरकारी फौजले गरेको हमलामा बालबालिकासहित ५ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

सिरियाको रक्कामा २५० जनाको मृत्यु

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिले सम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको छ । बेलायतमा कार्यालय रहेको यस संस्थाले स्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरुबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

पाँच वर्षमा तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भयो सिरियामा

सिरियाका डक्टरले लेखे ओबामालाई चिठ्ठी

दुई लाख ५० हजार नागरिकको लागि सहयोगको अपिल

सिरिया

सिरियाली शहर एलेप्पोमा रहेका चिकित्कसले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सहयोगका लागि अपिल गरेका छन् । एलेप्पोमा रहेका २९ जना फिजिसियनले राष्ट्रपति ओबामालाई पत्र लेखेर सहयोगका लागि अपिल गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरुले एलेप्पोमा रहेका दुई लाख ५० हजार नागरिकका लागि सहयोगको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । अहिले स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यही दरमा आक्रमण भए अबको एक महिना भित्र एलेप्पोमा कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख छ ।

एलेप्पो
चिकित्सकहरुले राष्ट्रपति ओबामासँग एलेप्पोलाई नो फ्लाई जोन घोषणा गरेर हवाई आक्रमण रोक्न आग्रह गरेका छन् ।  यसैबिच रुसले बिहीबारदेखि एलेप्पोमा तीन घण्टा आक्रमण बन्द गर्ने बताएको छ । त्यो समयमा राहत सामग्री जान दिने रुसको भनाई छ ।

संयुक्त राष्ट्रसंघले भने तीन घण्टा अपर्याप्त हुने बताएको छ । एलेप्पोमा पछिल्ला दिन आक्रमण सघन बन्दै गएका छन् । सिरिया सरकारको विरोधमा रहेका समूहले आक्रमण तीब्र पारेका छन् । यस्तै रुसी सेनाले हवाई आक्रमण गर्दै आएको छ ।


याे पनि हेर्नुहाेस्:- सिरियालाई युद्धविरामका लागि इमान्दार रहन ओबामाको आग्रह


सिरियामा कारबम आक्रमण ५२ को मृत्यु, १७० घाइत

सिरियामा कारबम आक्रमण इस्लामिक स्टे

कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी ५२ जनाले ज्यान गुमाईका छन् भने १७० जना घाइत भएका छन् । घाइतको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको संख्या बढन् सक्ने स्रोतले जनाएको छ ।

टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसली सरहमा सो कारबम आक्रमण भएको थियो । यस आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।

यो पनि हेर्नुहोस्:-मानव तस्करीको नयाँ जुक्ति:सिरियाली शरणार्थी बनाएर लगिँदै नेपाली 

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा आतङ्ककारी सङ्गठन अल कायदा र आइएस हाबी हुदै गयो । ती आतङ्ककारीले गरेका बारम्बारको आक्रमणमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी यस आक्रमणमा लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन्

यो पनि हेर्नुहोस्:-तीन युवतीलाई सिरिया पुर्याएपछि…