जापानको रक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डा स्थानन्तरण गर्नेको लागि ओकिनावा समुद्र तटको जमिन खाली गर्ने लागेको छ । जसको कारणले स्थानिय बासिन्दाहरुले विरोध शुरु गरेका छन् ।
सोमबार विहान दक्षिण प्रान्त स्थित हेनोको क्षेत्रको नागो शहर नजिकै समुद्र तटमा निर्माणकार्यको सुरुवात गरिएको छ ।
ठूलो परिणमा हुने लागेको निर्माण कार्यका कारण जापान सरकारले स्थानीय सरकार तथा अन्य विरोध पक्षेबाट आलोचना खेपी रहेको छ । स्थानीयहरुले अमेरिकी शिविर बाहिर विरोधको नारा समेत लगाएका छन् ।
हालैमा अमेरिकी रक्षा मन्त्री जिम मैटिक र जापानी प्रधानमन्त्री सिन्जो आबेका ग्रह आवासीय क्षेत्रमा बेस क्याम्प निर्माणको सहमति भएको थियो ।