“टाँगावालको टट्टू” र “धोवीको गधा”

25 August, 2020 16:18 | बिचार | comments | 77700 Views

तारानाथ सुवेदी

उहिले नेपालका मधेश, तराई र अझ तराईका शहर बजारबाट सीमाका बजार बस्तीहरूतिरको मुख्य यातिमीयातको साधन भनेकै टाँगा र रिक्सा रहेछन् । पहिलोपटक पोखराबाट हवाइजहाज चढेर भैरहवा उत्रिएपछि वनारस जाने सन्दर्भमा सीमापारिको नौतनवा रेल्वे स्टेशनसम्म टाँगामा गएको थिएँ । दोस्रोपटक वीरगञ्ज–रक्सौल, तेस्रोपटक नेपालगञ्ज–रुपैडिया, त्यसपछि सोहरतगढ–तिमीैलिहवा ओहोर दोहोर गर्दा पनि टाँगामा नै यात्रा गरेको थिएँ । त्यसरी कैयनपटक टाँगा चढ्दा एउटै कुरा (सबै यात्रा कालमा) सबैतिर समान देखेको थिएँ । टाँगावालले टाँगाको अगाडिको डण्डीमा (सायद “धूर” कि के भनिन्थ्यो)मा हरियो घाँसको एउटा मूठा बाँधिदिएको हुन्थ्यो ।

टाँगाका घोडा– जसलाई “टट्टू” भनिन्थ्यो–ले त्यो घाँसको मूठ्ठा भेटाउने लोभ कि आशाले टाँगोवालाले कोर्रा वा सिम्ठी नचलाए पनि ऊ (टट्टू) भने दौडिरहेको हुन्थ्यो । त्यो देखेपछि मैले सोचेको थिएँ, बाटोको छेउ छाउतिरको हरियो घाँसतिर अथवा भालो÷पोथी देखेर बरालिन्छ भनेर नै आँखाको दुबै पटटी ‘पट्टी’ (छेकेबार) लगाइदिएको हुनुपर्छ । जे कारणले भए पनि ती टट्टु (घोडा) हरूका दुबैतिर आँखाले यतिमी उतिमी छेउछाउतिर हेर्न देख्न नसक्ने गरी पट्टी बाँधिदिने गरिएको पनि समान चलन रहेछ ।

  

तर टट्टू (घोडा) भने हरेक दिन, जुनसुकै बेला जस्तोसुकै बाटोमा पनि “त्यही घाँसको आशले दोडिने” टाँगावालाको विश्वास हुँदोरहेछ । हरेक नयाँ काम कुराको प्रयोग देखेपछि र त्यस विषयमा जिज्ञासा भएपछि त्यसबारे अनुमान मात्र गरी चूप नबस्ने, सम्बन्धितलाई सोधेर जिज्ञासा मेट्ने, टुंगोमा पुगी छोड्ने मेरो आफ्नो स्वभाव थियो । आज झण्डै साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रतिर लागेपछि र “स्वतन्त्र पत्रकार” लेख्ने अधिकार पाएपछि त्यस्तो जिज्ञासा झन जाग्ने गरेको छ । त्यस्को उत्तर खोज्न कुनै पुस्तक, पत्र पत्रिकाका कटिङ खोजेर पढेर हुन्छ कि कुनै माध्यम, वेवसाइट हेनुपर्छ कि, कुनै मित्रजनलाई सोध्नुपर्छ, भने सोधेर हुन्छ ? जिज्ञासा नमेटिएसम्म छट्पटी हुने स्वभावको कारणले मैले टाँगावाललाई “हरेक टाँगाको अगाडि त्यो हरियो घाँसको मूठो देखें त्यो किन झुण्ड्याएको हो ? प्रश्न गरेको थिएँ” ।

उसले त्यसको जे जस्तो जवाफ दियो मेरो अनुमानसँग शतप्रतिशत मिल्यो । त्यति मात्र होइन, आँखामा पट्टी लगाएर ठीक अगाडिको घाँस र बाटो बाहेक देख्न नसक्ने हेर्न नमिल्ने बनाएको पटटको विषयमा पनि मैले जे सोचेको थिएँ कारण त्यही रहेछ । घाँसको बारेमा उत्तर दिँदा नदिंदै थपुवा उत्तर भनौ कि परिपूरक जवाफको रुपमा दिएका थिए ।

सुनेको कथा “धोविको गधाको स्वर्णिम सपना”

प्रायः धोविले नदी/तलाउ (धोविघाट जहाँ छ)सम्म लुगाको ठूलो भारी÷पोको बोकेर पुर्याउन र धोइसकेपछि मौसम अनुकूल भए, सुकाएर र प्रतिकूल भए चीसो जत्तिको छुट्टै पोका (गठरी) बनाएर–फर्काउने प्रयोजनको लागि गधा पाल्ने गरेका हुन्थे । (आज पनि त्यो परम्परा घटेको होला, मेटिएको रहेनछ । मैले वनारस, गोरखपुरतिर मात्र होइन, नेपालकै कतिपय तराईका ठूला शहरवस्ती र नदी—धोविघाटहरूमा देख्ने गरेको थिएँ । त्यसरी घरबाट धुनुपर्ने मैला कपडा बोकेर विहान घाट पुगेपछि धोविले गधालाई “नजीकका चौरतिर घाँस चरोस्” भनेर खुला छोडिदिएका हुन्थे ।

धोविघाटहरूमा त्यसरी दर्जनौ धोविले लुगा धुनजाने र आ–आफ्ना गधालाई कपडा बोकाएर लैजाने ल्याउने गर्दा दिनभर स्वतन्त्र रुपमा चर्न छोडिएका गधाहरू पनि धेरै नै हुन्थे । भेडा–भेडासँग, बाख्रा–बाख्रासँग, गँजेडी–गँजेडीसँग, अफिम्ची–अफिम्चीसँग, जुवाडे–जुवाडेसँग, रक्सीवालाहरू भट्टी पसल्नीहरुसंग जस्तै सबैले जसरी आफ्ना समाज समूहभित्र, र त्यसभित्र पनि हरएकको आआफ्नो घनिष्ट मित्र वा मनपेट मिल्ने साथी बनाए जस्तै एउटा धोविको लक्का जवान गधाको अर्को अलि परिपक्व, प्रौढ र बुझक्कड गधासँग हिमचिम र मैत्रीसम्बन्ध ‘पुनः स्थापित” हुन पुगेछ । यहाँ “पुनस्थापित” भन्नुमा के कस्तो कारण परेको थियो भने त्यो लक्का, जवानी चढेर मैंमत्ता भएको युवक गधाले, उहिले एउटै धोविको गोठमा बाँधिएको बेला पाँैठेजोरी खेल्दै गर्दा झोंक चलेछ र दुई लात्ती बजाएर भागेको रहेछ त्यसपछि धेरै दिनसम्म एक अर्काका जानी दुश्मन भएर हिँडेका र अहिले दुबैले राम्ररी चिने जानेको भए पनि दुबैबीच अनायास (हिजोका रिस रागका कुरा विर्सेर) नयाँ मित्रताको सूत्रपात भएको रहेछ ।

त्यसरी “पुरानो मित्रता”को सम्झना गराउँदै धनीमानीका (ठूलो धोविको) घरमा बसे बाँचेको, आपूmलाई सबैभन्दा ठूलो, जान्नेसुन्ने ठान्ने” गधाले युवा गधालाई भनेछ–‘हेर तिमीलाई त उहिलेदेखि देख्दै र हेर्दै आएको थिएँ । तर केही समयसम्म यतातिरको ‘टार’ (किनार) मा भन्दा अर्को किनार वा ‘टार” (बगर)तिर नै दिनभर बस उठ गर्न पुग्यौं ! त्यसरी तिम्रो हिमचिम, माया प्रीतिको गाँठो अरुतिरै बढेको देखेर केही वास्ता गरेको थिइँन । आज भोलि तिमीले मैले चर्दै आएको ‘टार’तिर आउने क्रम बढाएपछि मलाई एउटा कुरा भन्न मन लाग्यो । त्यो के भने आज तिमी जुन धोविलाई मालिक मानेर उस्कै भारी बोकिरहेछौं, उस्कै कीलोमा बाधिइरहेछौ, त्यो तिम्रो निमित्त घातक मान्छे हो । उसले तिमीलाई बेच्न ग्राहक खोजिरहेछ । धेरै दलाललाई लगाइरहेछ । त्यसैले उसकहाँबाट भागेर मेरोमा आऊ । मेरोमा आएर बसेपछि तिम्रो मालिकले थाहा पाउने छैन । पाए पनि लैजाने ह्याऊ हिम्मत गर्नु त के “चूँ बोल्न” सम्म पनि सक्नेछैन । म बस्ने गोठमा हामी २ वटा गधा छौँ । तिमी आएपछि हामी २ को वहुमत पुग्छ, तिमी जे गर्न पनि सक्नेछौं । त्यसैले मैले भनेको कुरा आँखा चिम्लेर मान, त्यसैमा तिम्रो कल्याण छ ।”

त्यो बुज्रुक देखिने बुढो गधाका सबै कुरा चूप चाप सुन्दै गरेको त्यो लक्का जवान गधाले उस्का (प्रौढ गधाका) सबै उपदेश वा सल्लाह सुनिसकेपछि बल्ल मुख खोलेछ र भन्न थालेछ— “हो, तिमीले भनेका दिएका सबै सल्लाह ठीक हो । मेरो मालिक (धोवी) ले कतिपटक मलाई पिटेको छ । उस्को रिस कडा छ । त्यति सब हुँदाहुँदै पनि मेरो भाग्य भविष्य भने उसैकोमा राम्रो देखिरहेको छु । त्यसरी “फ्यूचर ब्राइट” भएको घर मैले किन (अर्थात त्यो भन्दा ठूलो कुरा हातलाग्ने ग्यारेण्टी के छ) छोडौं”? उसले सबै कुरा बताएन । सस्पेन्समा राखेर आफ्नो कुरा टुंग्यायो ।

त्यो अर्को (प्रौढ) गधालाई बडो कुतकुती लाग्यो र सोध्यो । “त्यस्तो उज्वल भाग्य भविष्यको सम्भावना के देखेका छौ भन न ! तिम्रो भाग्य भविष्यको कुरा मैले थाहा पाएर के हुन्छ र ? बरु मलाई पनि नयाँ मित्र, भाइको भाग्य भविष्य राम्रो भएको थाहा पाउँदा खुशी नै लाग्ला” । उस्को त्यो जिज्ञासा सुनेर त्यो किशोर गधाले वाचाकसम खुवाउँदै, उस्को कानमा मुख जोड्दै भनेछ— “हेर, तिमीलाई विश्वास नलाग्ला, तर सत्य कुरा भन्छु । त्यो कुरा तिमीले चिच्याउदै हिड्ने र अरूलाई सुनाउने होइन नि !” त्यो कुरा उस्ले वाचा कसम खुवाएपछि रहस्यको गाँठो फुस्काएछ, “हेर, त्यो धोवीको असाध्यै राम्री र निकै चुलबुले एउटी मात्र छोरी छ । उ अलि बढी नै ढीड छ, बाबुले भनेको कुरा मान्दै मान्दिन । त्यसैले उस्ले त्यो छोरीलाई सधैं पख्न– बेला आओस् न ! तेरो विहे यही गधासँग नगर्दिइ कहाँ छोड्छु ! भनिरहेको छ । अव तिमी नै भन त, मैले त्यस्तो उज्यालो भविष्य (ब्राइट फ्यूचर)लाई लात मारेर तिमीले भने जस्तै गरौँ ?”

“धोविको कुरा केवल छोरीलाई तर्साउन त हो नि ! लाटा ! हेर, एक त ऊ (धोवी) मान्छे हो र तिमी उस्ले पालेको पशु । त्यस्मा पनि मानिसहरूले पुज्दै आएको गाइ नभएर सबैले तुच्छ र हेय ठानेर घृणा गरिने गरेको गधा । तिमीले ध्यान दिएर सम्झ त मान्छेहरूले कसैलाई रीस उठ्यो र गाली दिनुपर्यो, भने उनीहरूले हामीहरूको जाती समाज समुदायलाई नै होच्याउने गरी ‘गधा’ भनेर भन्ने गरेका छन् । अर्को कुरा मालिकको पनि एक्ली छोरी त्यसरी हृदयको टुक्राजस्तो गरी पुल्पुल्याएर हुर्काए–पालेकी (एक्ली) छोरी ! तिमी आपैm सोच त ? त्यो तेरो मालिक “जस्तै मूर्ख र रिसाहा भए पनि आखिर मान्छे हो, तिमी–हामी पशु । अनि क्यै नपाएर उस्ले आफ्नो छोरी तिमी हामीलाई विहे गरेर दिन्छ होला ?”

ल ! तिमीले भनेको पत्याएँ । मानौ उस्ले (धोवीको छोरीले) सधैं रीस उठाइछ, र तिमीसंग नै विवाह गरिदिन तम्सेछ रे ! तर त्यसकी– त्यसमा पनि पुलपुल्याएर मत्याएर पालन पोषण गरी हुर्काएकी–छोरीले तिमी (गधा)सँग खुसुक्क विहे गर्न स्वीकार गर्ली ? ल एकछिन मानीलिउँ, त्यो बाबुले पनि दिने भएर र छोरीले पनि सहज नै स्वीकार गरिछ रे, तर तिमीले कहाँ लगेर त्यसलाई कसरी पालन पोषण गर्छौ । कहाँ उसको काछन–कायदा, इज्जत, मर्यादाअनुसार राख्छौ ? त्यो सबै कुरा नसोची, खाली अल्लारे चाल र तिमीले “मालिकले आफ्नी एक्ली छोरी दिन्छ र विहे गर्छु,” भन्दै बस्यौ भने तिमी डुब्छौ बुझ्यौ ?”

अर्को पनि कुरा सुन ! ऐलेसम्म घर र घाटसम्म (खाली धाविको कपडाको) भारी बोकेर आहोरदोर गर्ने वाहेक तिमीले जाने बुझेको के छ ?, कति पढेलेखे जानेका छौ र धोविले पत्याउने र ज्वाईं बनाउने ? तिमीलाई छोरी दिएर त्यो तेरो मालिकको दिनदिनको घर–घाट–घर गरिदिने (भारी बोकेर ओहोरदोर गरिदिने कसले ?, तिमीलाई त तिम्रो मालिक (धोवि)ले हट्टाकट्टा छौ जति ठूलो भारी पनि बोक्न सक्छौ । बोकी आएकै छौ र यतिधेरै माया गरिरहेको छ । नभए तिमीलाई के भएर, के भनेर माया गथ्र्यो, पालन पोषण गर्दथ्यो ? अन्तरजातीय विवाहलाई त सहज स्वीकार गर्न नसकेको मान्छेको समाजले हामी अपहेलित, तिरस्कृत र वहिस्कृत पशुको छोरासँग के कुन स्वार्थ वा अर्थले अन्तरप्राणीय विवाह सम्बन्ध कायम गर्ने त ? त्यो उस्को ऐन कानूनले पनि दिदैन । त्यसैले त्यो सबै केही नहेरी, न बुझी, न सोची खाली छोरीसँग रीस उठेको वेला उस्लाई (छोरीलाई) तर्साउन तिमीसँग विहे गरिदिन्छु भनेका भरमा विश्वास गरेर बस्यौ भने तिम्रो पूरा जीवन “धोवीको गधा घर न घाट” गर्दैमा गुज्रिने छ ।

त्यो सवै सुनेपछि त्यो युवा “तर लोभी” र मालिकको ज्वाई बस्ने सपना देखेको मूर्ख गधाले के निर्णय गर्याे ? थाहा भएन । त्यस्को चासो पनि भएन ।

“गुस्ताखी माफ होस्”

संयोग, सन्दर्भ, परिवन्द, समय र परिवेशले यी दुबै “टाँगाबालको टट्टू” र धोवीका गधाको कथा व्यथासँग कुनैपनि पेशा, व्यवसायी परिघट्नाक्रमसँग मेल खान गयो जस्तो लागेछ भने त्यसलाई त्यही वा यही रूपमा बुझिदिन लिइदिन आग्रह गर्दछु र “गुस्ताखी माफ होस्” भन्दछु ।

(युगसम्वाद साप्ताहिकबाट)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More