राजनीति

एमसीसी विवाद : नेपाललाई पैसा दिएर अमेरिकी स्वार्थमा फसाउन खोजियो

सरकारका प्रवक्ता सूचनातथाा संचार मन्त्री गोकुल बाँस्कोटा तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट जसरी पनि पारित हुने र यो नेपालको भौतिक पूर्वाधार विकासको अभिन्न अंग भएको बताइरहँदा सत्तारुढ दलका नेताहरु भने यो कार्यक्रम नेपालका मित्रदेश बिरुद्ध भएकाले पारित गर्न नहुने बताइरहेका छन् ।

सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परियोजना ईन्डो प्यासिफिककै अंग भएको र अमेरिकाले आफू बलियो बन्न छिमेकी चीन, रुस र उत्तर कोरियाविरुद्ध ल्याएको रणनीति रहेकाले नेपाल आवद्ध नहुने बताउँदै आउनुभएको छ ।

त्यस्तै सत्तनारुढ दलका अर्का नेता भीम रावल पनि यसको विपक्षमा हुनुहुन्छ । रावलले पार्टी सचिवालय बैठकमै एमसीसी पारित गर्न नहुने धारणा राख्दै पैसाका लागि मुलुक बेच्न नहुने चेतावनी दिंदै आउनुभएको छ ।

यसबीचमा नेता नेपालले एमसीसीका बारेमा टिप्पणी गर्दै भन्नुभएको छ ‘हामी एउटाको विरुद्धमा अर्कोको पक्षमा लाग्न सक्दैनौ । एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग जोडिएकाले नेपाल बाहिरै बस्नुपर्छ । ईन्डो–प्यासिफिक रणनीति रुस, चिन र उत्तर कोरियाविरुद्ध रहेको तर्क गर्दै उहाँले रणनीतिले तीन देशलाई दुष्ट राष्ट्र भनी पराजित गर्दै अमेरिकालाई शक्तिशाली बनाउन सबै देशलाई एमसीसीमा आवद्ध गराउने तयारी भैरहेको छ ।

नेता नेपालले नेपाल कसैको विरुद्धको कुनै गठबन्धनमा सामेल हुँदैनौ । यदि एमसीसी यी सबैबाट अलग भएर आर्थिक विकासका निम्ति मात्र भैदिए हामीलाई स्वीकार्य छ । सरकारलाई फकाउनका लागि सहयोग रकम दिन खोजिएको भए पनि नेपाल पैसामा लठ्ठिएर कसैको सहयोग लिन तयार नभएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.