राजनीति
प्रचण्ड-नेपाल समूह प्रदेश नं. २ का नेकपा संसदीय दलका नेता हटाउने तयारीमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रदेश मुख्यममन्त्रीसंगै सो पार्टीका ओली पक्षमा रहेका नेताहरु हटाउने क्रम चलिरहेको छ । यसबचिमा प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।
शुक्रबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो ।
प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्