राजनीति

राप्रपाबाट राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था एवं हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार अध्यक्ष राणाले राप्रपाद्वारा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्नाको विकल्प नरहेको जिकिर गर्नुभयो ।

राप्रपाकै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै सभा विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको विचार राख्नुभयो ।

राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थालाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तबीच नयाँ संवाद र बृहत् प्रजातान्त्रिक एकतामा उहाँले जोड दिनुभयो ।

त्यसै गरी अर्का अध्यक्ष कमल थापाले प्रदर्शनपछिको कोणसभाबाट राजाका पक्षमा नारा लगाउनुभयो । अध्यक्ष थापाले ‘जनता आऊँ, राजा ल्याऊँ’ भन्दै मञ्चबाट नारा लगाएपछि राप्रपा कार्यकर्ताले समर्थन जनाउँदै ‘राजा ल्याऊँ’ भनिरहेका थिए ।

राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायत माग अघि सारेको छ । भृकुटीमण्डपबाट शुरु भएको जुलूस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.