राजनीति

गुरुङले जवाफ दिएपछि विधान मस्यौदा पारित

नेकपा (माओवादी केन्द्र)को विधान मस्यौदा पारित भएको छ । विधानाथि उठेका प्रश्नहरुको स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जवाफ दिएपछि सर्वसम्मत रुपमा विधान पारित भएको छ ।

आठौं महाधिवेशन अन्तर्गत शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभएपछि पार्टी विधान पारित भएको हो ।

बन्दसत्रमा उठेका सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान पारित गर्न नेता गुरुङले आग्रह गर्नुभएपछि महाधिवेशनबाट पार्टीको विधान मस्यौदा सर्वसम्मतिले पारित गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछन् । त्यस्तै, केन्द्रीय समिति २९९ सदस्यीय बन्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.