जन सरोकार

३० हजारमा बनाउँछन् नक्कली स्मार्ट लाइसेन्स

सुरक्षा र नक्कली बनाउनै नसक्ने दावी गर्दै सुरु गरिएको स्मार्ट सवारी चालक अनुमतिपत्रको नक्कली बनाउने गिरोह सक्रिय रहेको छ । उनीहरुले एउटा लाइसेन्स ३० हजार रुपैयाँमा बनाउने गरेको पनि खुलेको छ ।

नक्कली स्मार्ट लाइसेन्स र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछिको अनुसन्धानबाट य तथ्य खुलेको छ ।

पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्दा उक्त गिरोह संलग्न रहेको फेला परेको हो ।

महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाडौँको लाजिम्पाटका कुमार तण्डुकार रहेको मशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाडौँको न्यूरोडस्थित फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र निकाल्ने गरेको खुल्न आएको छ । नक्कली लाइसेन्स बनाउन रोक्काले रु ३० हजार लिने गरेको खुल्न आएको छ ।

रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली सवारी चालक अनुमतिपत्र, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकासमेत प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राईभ सर्वरसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.