राजनीति

दलहरू विभाजन हुँदा लोकतन्त्र कमजोर हुने

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरू विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारदेखि प्रारम्भ भएको सातौं अधिवेशनका क्रममा मन्तव्य राख्दै उहाँले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइहेको बताउनुभयो ।

“वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु”, नेता शर्माले भन्नुभयो, “पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।”

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताउनुभयो । उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.