कला/मनोरन्जनकलिउड

नेपाली चलचित्र र चलचित्र हल बचाउन शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’

विगत नौ महिनादेखि बन्द रहेका चलचित्र हल खुले पनि नयाँ चलचित्र रिलिज नभएका बेला नेपाली चलचित्रका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानी माघ १ गतेबाट प्रदर्शन हुने भएको छ ।

निर्मार्ताहरु प्रदर्शनको तयारीका लागि रहेका चलचित्रहरु हलमा पठाउन हच्किरहेका बेला अभिनेता श्रेष्ठले चलचित्रलाई गति दिन र हल बचाउन आफ्नो चलचित्र रिलिज गर्न लागेको एक प्रेस विज्ञप्तिबाट जानकारी निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मको अफिसियल फेसबुकमार्फत जारी प्रेस विज्ञप्तिमा भनिएका छ, शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योगसम्म डोर्‍यायो । पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाइ लियो । यसरी नेपाली र विदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिले अहिले नेपाली फिल्म उद्योग झन्डै ‘कोमा’मा पुगेको परिस्थितिमा फिल्म रिलिज गरी नेपाली फिल्म उद्योगलाई टेवा पुर्याऊँ भनेका कारण निर्माण पक्ष त्यसैमा सहमत भएर फिल्म रिलिज गर्न लागेको उल्लेख छ ।

‘हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आगामी माघ १ गते देशव्यापी रूपमा फिल्म रिलिज गरिने छ। यस विषम परिस्थितिमा हामो प्रयासलाई यहाँहरूको साथ र सहयोग रहने अपेक्षा गरेका छौं।’

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेश सापकोटाले गरेका छन्।

फिस्टेल मुभिजको ब्यानरमा बनेको यश फिल्मका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन्। खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माता हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.