राजनीति
माओवादीको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत आज निर्धारित बैठक स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशनका कारण उसैको आग्रहमा बैठक सारिएको बताइएको छ । पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ ।

हिउँदे अधिवेशको पहिलो दिन प्रमुख विपक्षी नेकपा एमालेले अबरोध गरेपछि आज पुष १८ गते आइतबार दिउँसो एक बजे बस्ने गरी स्थगित गरिएको थियो ।
तर, बैठक बस्नुअघि संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्