कला/मनोरन्जनकलिउड

अम्बेशको १६ वर्षे वैंशमा सुदीप र दियाको रोमान्स (भिडियोसहित)

नेपाली गीत संगीतको क्षेत्रमा गायन, रचना र संगीतका साथै पछिल्लो समयको परम्परा नै बनेको अभिनयमा नयाँ नयाँ प्रतिभा जन्मने क्रम जारी । पछिल्लो समय म्यूजिक भिडियो अभिनयमा स्थापित हुँदै गएका सुदीप हमाल अर्को एउटा सिर्जना लिएर आएका छन् ।

कुमार मोक्तानको रचना र संगीत अनि अम्बेश शाहीको स्वरले सजिएको बैंसैमा शीर्षकको गीतको म्यूजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ । ओएसआर डिजिटलले सार्वजनिक गरेको म्यूजिक भिडियोमा सुदीप हमाल र दिया नेपालको अभिनय रहेको छ ।

किरण तुलाधरको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो निर्देशन स्वयं गायक अम्बेशले गरेका छन भने छायांकन प्रवेश पोखरेल र सम्पादन दुर्लोभ श्रेष्ठ र नृत्य रश्मी सिंहको रहेको छ ।

यसअघि पुराना गीतहरुमा अभिनय गरेका सुदीप यसपटक नयाँ गीतमा अभिनयका साथ आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.