कश्मिर हमलामा मारिएका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)
बुधबार राति भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भारतको पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा अर्जुनको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिका लागि मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुग्नुभएको थियो । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो ।
अन्त्येष्टि अघि बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर शवयात्रा गरेको थियो । शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जनरल अरुणकुमार गुप्ताले मगरको शवमा माल्यार्पण गर्दै मगरको शवमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गर्नुभम्एको थियो ।
६ महिनाअघि मात्र विवाह गरेका अर्जुनको सम्मानमा सलामी पनि दिएका थियो । अर्जुनका ७० वर्षीय बुबा प्रेमबहादुरले दागबत्ती दिनुभएको थियो । गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्