जापान

टोकियो, साइतामा र चिबामा संकटकाल घोषणा गर्न केन्द्र सरकारसंग माग

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जापानको राजधानी टोकियो सहित दुई छिमेकी प्रान्त साइतामा र चिबाले केन्द्र सरकारसंग संकटकाल घोषणाको आव्हान गरेका छन् । यी क्षेत्रमा संक्रमण तीब्र गतिले बढिरहेको छ र यसलाई रोक्न कडा कदम चाल्नु आवश्यक छ ।

टोकियो गभर्नर कोइके युरिकासहित तीन प्रान्तका गभर्नरहरुले आर्थिक पुनरुद्धार मन्त्री यासुतोसी निशिमरासंग भेट गरी संकटकाल घोषणको आव्हान गरेका हुन् ।

तीन दिनयता राजधानी टोकियो महानगरमा दैनिक १ हजारभन्दा बढीका दरले संक्रमित बढिरहेका छन् । यतिबेला टोकियोको स्वास्थ्य संस्थाहरुले अत्यधिक तनाव व्यहोरिरहेका छन् ।

समाचार अनुसार टोकियोका अधिकारीहरुमा संकटको भाव स्पष्टसंग देखिएको छ र संक्रमण दरको बिस्फोटक स्तरमा पुग्ने खतरा बढेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.