राजनीति

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्ष गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपा केन्द्रीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाले यही पुस २० गतेसम्म पालिकास्तर र २८ गतेसम्म वडास्तरमा पार्टी भेलासम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति गठन, पुस २१ गते सङ्घीय राजधानी र विभिन्न शहरी केन्द्रहरूमा राजनीतिक पार्टीसँग अन्तक्र्रिया, पुस २३ गते नागरिक समाजसँग अन्तक्र्रिया, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र विरोधपत्रको साथमा संविधानको पुस्तक दिनेलगायत कार्यक्रम तय गरेको छ ।

यसै गरी यही पुस २६ गते सडक संविधान वाचन व्याख्या, पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नं १, २८ गते प्रदेश नं २, गण्डकी र कर्णाली तथा पुस २९ गते वाग्मतीमा बृहत् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण र देशव्यापी घरघरमा पर्चा वितरण र गाउगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध सबै वडाहरुमा व्यानर राखिनेछ ।

पुस २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, ३० गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा, आगामी माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा, माघ १० गते राजधानीलगायत सबै शहरी केन्द्रमा मोटरसाइकल ¥याली, माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा विरोध प्रदर्शन र सभा, माघ १७ गते प्रदेश नं २ मा विरोध प्रदर्शन र सभा, माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुुस र माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलसँग संयुक्त सङ्घर्ष गर्ने तयारी गरेको भए पनि त्यसबारेमा निर्णय भइनसकेकाले नेकपाको तर्फबाट दोस्रो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.