जन सरोकार

नेपालमै खुल्दै पानीजहाज तालिम केन्द्र, वर्षमा छ सय जनशक्ति उत्पादनको लक्ष्य

पानीजहाज तालिम केन्द्र संचालनमा अग्रसर मरिन इञ्जिनियर निशान आर्चाय

नेकपा अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेपछि उहाँले रेल र पानीजहाजका कुरा चर्कोसंग उठाउनुभयो । उहाँले पूर्व पश्चिम रेलदेखि प्रशान्त महासागरमा नेपालको आफ्नै पानीजहाज चल्ने र नेपालका ठूला नदीहरुमा पनि जहाज चलाउने घोषणा गर्नुभयो ।

यो विषय सत्तारुढ दलकै बिरोधी र विपक्षीलाई हाँसोमजाजक र सरकारको आलोचना गर्ने पाटो बने पनि नेपालमा पानीजहाजप्रतिको चासो भने निकै बढेको छ । नारायणी नदीमा मिनी क्रुज तयारी अवस्थामा छ भने कोशी नदीमा पनि जहाज चलाउन सकिने अध्ययनहरुले देखाएको छ ।

यसक्रममा नेपालमा पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापनाको पहल शुरू भएको छ । नेपालमा पानीजहाजको सम्भावना नभएकै बेला विदेशमा यस विषयमा अध्ययन गरेर काम गरिरहेका नेपाली युवाहरूको पहलमा तालिम केन्द्र खोल्न लागिएको हो ।

तालिक केन्द्र स्थापनामा अग्रसर मरिन इन्जिनियर निशान आर्चायका अनुसार तालिम केन्द्र स्थापना भएपछि पानीजहाज संचालनको लागि चाहिने जनशक्ति नेपालमै उत्पादन हुने र त्यस्तै प्राकृतिक विपत्त न्युनिकरणका लागि चाहिने जनशक्ति पनि उत्पादन गरिनेछ ।

आचार्यका अनुसार केन्द्रले वर्षमा करिब ६ सय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । केन्द्रमा जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति, गोताखोर, भूकम् ,आगलागी जस्ता प्राकृतिक बिपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि चाहिने जनशक्ति उत्पादन गर्न स्थापना गर्न लागिएको केन्द्रमा आचार्य लगायत नेपाली र बिदेशी युवाहरुको पनि लगानी रहने छ ।

पहिलोपटक काठमाडौ वा चितवनमा स्थापना गर्न लागेको उक्त संस्था आवश्यकता अनुसार देशका अन्य भागमा पनि विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपालमा पानी जहाज कार्यालयले नियमन गर्ने उक्त कम्पनी स्थापना भएपछि पानी जहाज र प्राकृतिक विपतका लागि चाहिने जनशक्ति नेपालमै उपलब्ध हुने र रोजगारी प्रदान हुने बताइएको छ । कम्पनीले नेपाल सरकारलगायत सरोकारवाला सबैको साथ सहयोगको अपेक्षा राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.