जापान

अर्घाखाँची समाज जापानको अध्यक्षमा बाबुराम पौडेल

अर्घाखाँची समाज जापानको अध्यक्षमा बाबुराम पौडेल चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न समाजको तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

अर्घाखाचीको डिभर्ना जन्मनुभएका पौडेल जापान प्रवेशसंगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै आउँदो दुई वर्षका लागि अध्यक्ष बन्नुभएको हो ।

अधिवेशनले पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा अयनबहादुर टण्डन, कृष्ण केसी, नेत्रप्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिवमा संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर र सहकोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्णबहादुर आले मगर, दिलबहादुर श्रेष्ठ, चेतन घर्ती मगर, चेतनारायण थापा, हरि गौतम, ध्रुब बन्जाडे, अबिनाश जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा केसी , केतकला आले चयन हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि पौडेलले आफ्नो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाँचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दुस्ख र सुस्खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागि समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिति नै प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा भूपालमान श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरी समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो ।

सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आआफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।

समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिव नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गायक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव ध्रुव बन्जाडेले गीत र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.