जन सरोकार

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सातजना पक्राउ

पक्राउ

पक्राउ

कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरू विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरूको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरूलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिनुभयो । उनीहरू फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।

सम्बन्धित खबर

Back to top button