राजनीति

प्रदेशसभा पनि विघटन हुने संकेत

सत्तारुढ दलभित्रको गुटबन्दीको शिकार भएर प्रतिनिधिसभा विघटन भयो । सत्तारुढ नेकपाका प्रचण्ड नेपाल समूह प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आफ्नो पक्षका सभा सदस्यलाई संसदीय दलको नेता घोषणा गर्न थालेपछि सरकारले प्रदेशसभा पनि विघटन गर्नसक्ने संकेत दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनुभएको हो । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

पूर्व कानुन मन्त्रीसमेत रहनुभएकी उहाँले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको पनि बताउनुभयो । त्यस्तै उहाँले प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको जानकारी दिनुभयो ।

संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको र यो विधिसम्मत भएको पनि उनले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.