जन सरोकार

पाँच महिनामा दुई लाख २३ हजारले लिए श्रम स्वीकृति

स्वदेशमा राजगारी सिर्जना हुन नसक्नु र कोरोना महामारीले वैदेशिक रोजगारीमा समेत अबरोध भैरहेका बेला पछिल्लो पाँच महिनामा भने विदशे जानेको संख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ९७ देशमा जानका लागि दुई लाख २३ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् । साउनदेखि मङ्सिरसम्मको उक्त तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या साउनदेखि क्रमशः बढ्दै गएको छ ।

कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढेको हो ।

विभागका अनुसार आव २०७८र७९ को यो पाँच महिनामा सबैभन्दा धेरै मङ्सिर महिनामा ७४ हजार ३५४ जना र कात्तिक महिनामा ५४ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी असोजमा ३९ हजार ६७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या निकै ठूलो भएकाले रोजगारीका लागि विदेश जानेको सङ्ख्या धेरै देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताउनुभयो ।

विभागका अनुसार मङ्सिर महिनामा वैदेशिक रोजगारी व्यवसायी म्यानपावर० कम्पनीमार्फत ३१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा २७ हजार ७०९ जना श्रमिकले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएकामा मङ्सिर महिनामा त्यो सङ्ख्या बढेको हो ।

असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना श्रमिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ दुुई हजार २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

सो अवधिमा वैधानिक माध्यमबाट एक हजार ४०४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८७७ जना गरी समग्रमा मङ्सिर महिनामा ६९ हजार ४४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत मङ्सिर महिनामा ६५४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमध्ये ६१४ कम्पनीले श्रमिक पठाएका छन् । मङ्सिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली श्रमिक गएकोमा म्यानपावर कम्पनीका तर्फबाट जम्मा १२ मुलुकमा श्रमिक गएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.