जन सरोकार

गृहकार्य नगरेको भन्दै कुटिए आँखा सुन्निने गरी कुटे शिक्षकले

विद्यार्थीलाई सजाय दिने नाममा कुनै पनि भौतिक या मानसिक यातना दिन नपाइने भए पनि शिक्षकबाट विद्यार्थीहरु निर्घात कुटिने घटना रोकिएको छैन । यसै क्रममा रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको शिक्षकबाट निर्घात कुटाईबाट आँखामा गम्भीर चोट लागेको छ ।

समाचार अनुसार सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनियालाई गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईले निर्घात कुटेका हुन् । कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ ।

आँखामा गम्भीर चोट लागेको धुनियालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको छ । तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गर्दै उल्टै दोष विद्यार्थी धुनियामाथि थोपरेका छन् । बराइका अनुसार धुनिया शिक्षकको कुनै पनि कुरा नमान्ने र गृहकार्य नगरेको कारण शिक्षकले सामान्य तर्साएको मात्र हो कुटेको हैन ।

उता शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ । तर, मचर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपुर्‍याइ उजुरी आएकाले दर्ता नगरिएको बताउँदै घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया पुर्‍याएर उजुरी दिन आफूले आग्रह गरेको जानकारी दिनुभएको छ ।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते, अस्पताल भर्ना

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.