जल/वातावरण

बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामी घरबाट बाहिर ननिस्कनु

काठमाडौं उपत्यकाको वायु प्रदूषणको तह दुई दिनयता ह्वात्तै बढेपछि वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन सुझाव दिएको छ । विभागले एक विज्ञप्ति जारी गरी सामान्य मानिसले पनि घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन सुझाएको छ ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको र यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने भएकाल सचेत रहन सुझाव दिइएको हो ।

त्यसै गरी नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको उल्लेख गर्दै विज्ञप्तिमा तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।

विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु अनुरोध गरिएको छ ।

जाडोको मौसम भएकाले काठमाडौं उपत्यका कुहिरो वा हुस्सीले धुम्म भएको आम अनुमान भए पनि यो धुवाँ र धुलोका कण हो । अत्यधिक प्रदूषणका समयमा आम नागरिक सचेत रहनु नै कोरोना संक्रमणका साथै अन्य रोगबाट बच्ने उपाय हो ।

स्मरणीय के छ भने अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.