राजनीति

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो । ‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । ‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button