जन सरोकार

विदेशबाट आएको पैसा नक्कली नागरिकता बनाएर झिक्ने गिरोह सक्रिय

विदेशबाट विभिन्न व्यक्तिको नाममा आएको रकम सम्बन्धित व्यक्तिले पूर्ण परिचय खुल्ने कागजात पेश गरेपछि मात्रै निकाल्न पाइन्छ । तर अब त्यस्तो पैसा पनि नक्कली नागरिकता बनाएर अर्कैले निकाल्ने गरेको पाइएको छ ।

प्रहरीले कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

समाचारा अनुसार नक्कली नागरिकता बनाएर अरुको नामको पैसा झिक्दै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका ४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।

उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुले प्रसौनी गाउँपालिका ६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.