राजनीति

जन्मजयन्ती र राष्ट्रिय एकता दिवसमा विदा दिन मनिषाको माग

चर्चित अभिनेत्री मनिषा कोइरालाले जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरूपमा बनाउन आव्हानन गर्नुभएको छ । कोइरालाले राष्ट्र निर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरूपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गर्नुभयो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायणले त्यस समयका स–साना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रूपमा नेपाललाई अघि बढाउनुभएको थियो ।

त्यस्तै उहाँले राष्ट्रिय झण्डामा एकताबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनको पक्षमा उभिन सबै नागरिकसग आग्रह गर्दै वक्ताहरूले एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा वक्ताहरुले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उहाँको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशित गर्न सरकारसँग आग्रह गरिएको छ । २९९आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उहाँहरूले पत्रकार सम्मेलनमार्फत अपिल गर्नुभएको छ ।

नेपाली मौलिकताका प्रतीकका रूपमा रहनुभएका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाउनुभएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।

त्यस अवसरमा पृथ्वीनारायणको जन्मस्थान संरक्षण, योगदानका गाथा समेटिएको सङ्ग्रहालय स्थापना, दिव्य उपदेश विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश तथा जीवनी समेटिएको वृत्तचित्र बनाउन पनि सो अवसरमा सरकारसँग माग गरियो ।

त्यतै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाउन सम्पूर्ण तह र तप्कासंग आह्वान समेत गरिएको छ ।

सो अवसरमा नेकपा मालेका महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनाली, पुराना राजनीतिज्ञ हरिबोल भट्टराई, प्रेम कैदी, विपीन कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल, गुरु वशिष्ठ, प्राडा उत्तम कर्माचार्य, अभियन्ता सुरेन्द्र भण्डारीलगायतले सम्पूर्ण जीवन एकीकरणमा खर्चनुभएका राष्ट्रनिर्माताको दिव्य उपदेशलाई बेवास्ता गरिँदा मुलुकले विदेशी हस्तक्षेपको सामना गर्न परेको घटना सुनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.