‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिदै नेपालको जलविद्युत, पर्यन, कृषि, जडिबुटी लगायतका क्षेत्रमा लगानी हुनुपर्ने बतानुभएको छ ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताउनुभयो ।
“भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ”, पूर्व राष्ट्रपति यादवले भन्नुभयो ।
प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिनुभयो ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत् छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उहाँले कार्यक्रममा दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्