विश्व समाचार

दक्षिण कोरियाली राष्ट्रपतिद्धारा उत्तर कोरियासँग वार्तामा जोड

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिनुभएको छ । उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको थियो । त्यसलगत्तै दक्षिण कोरियाका राष्ट्रपति इनले सो प्रस्ताव अघि सार्नुभएको हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बुधबार सो क्षेप्यास्त्र उत्तर कोरियाले हालेको भनी दाबी गर्नुभएको थियो । उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइलको फाइल फुटेज टेलिभिजनमार्फत देखाइएको थियो । दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र उत्तर कोरियाले नै हानेको दाबी गरिरहेका छन् ।

उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस)ले पनि जनाएको थियो । तर ती अधिकारीहरुले योबारेमा अझै यकीन भने भइसकेको छैन भनेका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले समय समयमा यो क्षेप्यास्त्र हान्ने गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियासँग अन्तर कोरिया वार्ताका लागि आग्रह गर्नुभएको हो । उहाँले सो वातावरण बनाउन पनि आग्रह गर्नुभएको दक्षिण कोरियाली मिडियाले जनाएका छन् ।

यस्तो अवस्थामा शान्ति वार्तालाई अघि बढाउनुपर्ने भन्दै उहाँले यसका लागि उत्तर कोरियाले पनि वातावरण बनाउनुपर्ने बुधबार यहाँ आयोजना गरिएको एक रेलसम्बन्धी समारोहलाई सम्बोधनका क्रममा बताउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.