राजनीति

संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् ।

भारतीय पत्रिका द हिन्दुका अनुसार जनवरी १० देखि हुने भनिएको समिट कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले मिति सारेको जनाए पनि अर्को मिति भने तोकिएको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको भारतीय मिडियाबाट थाहा पाए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयले औपचारिक सूचि सार्वजनिक गर्न बाँकी भएकाले यो विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । भारतीय विदेश मन्त्रालयले औपचारिक पत्र पठाएपछि मात्र यो विषयमा बोल्न मिल्ने उहाँले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.