प्रहरीले रोक्यो मन्त्री भट्टराई सहभागी भ्रमण वर्ष र्याली- उद्घाटन मात्र गरियो
नेपाल भ्रमण वर्षको प्रचारका निम्ति अस्ट्रेलियाको सिडनी पुग्नुभएका संस्कृति पर्यटनन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नेपालीहरुको र्यालीलाई सिड्नी प्रहरीले रोक लगाएको छ । र्याली गर्न रोक लगाइएपछि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन मात्र गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।
प्रहरीले मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्याली सुरु गर्न ठिक्क परेको बेला सिड्नी सिटी काउन्सिलले रोकेको हो ।
र्यालीमा मन्त्री भट्टराई, राजदूत दाहाल, एनएसडब्ल्का लागि नेपाली काउन्सुलर जनरल दीपक खड्का र भिक्टोरियाका काउन्सुलर जनरल चन्दन योञ्जन लगायतको उपस्थितिमा सुरु हुनै लाग्दा एनएसडब्लु प्रहरीको इभेन्ट पलानिंग युनिटले नेपाल भ्रमण वर्षको प्रचार व्यावसायिक लाभका लागि भएको र यसका लागि अनुमति पनि नलिएकाले अस्ट्रेलियाको कानुन अनुसार गलत हुने भन्दै रोक लगाएको हो ।
हेर्नुहोस् मन्त्री भट्टराई सहभागी हुने र्याली किन निकाल्न दिइएन
अनुमतिविना र्याली गर्न खोजेकोमा प्रहरीले रोकपछि सहभागीहरुले र्याली निकाल्ने अनुमति मागे पनि प्रहरीले अस्वीकार गरेको छ । सिडनीस्थित गैरआवासीय नेपाली संघलाई प्रहरी प्रशासन तथा अन्य कानुनी प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिइएको थियो । यसको जिम्मेवारी एनआरएनए अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष डिला खरेललाई दिइएको थियो ।
खरेलले सिडनी प्रहरीले र्यालीका लागि अनुमति नदिएको आफूले सूचना दिएको दावी गर्नुभएको छ । यद्यपि नेपालका पर्यटन मन्त्री सहभागी र्याली रोकिनु नेपालकै अपमान भएको महसुस त्यहाँ सहभागीले गरेका छन् । मन्त्री भट्टराईलाई यस्तो सूचना पहिले नै किन दिइएन भन्ने प्रश्न पनि अहिले उठेको छ ।
(तस्वीर साभार साउथएसिया डटकम अस्ट्रेलिया)