कर्पोरेट/पर्यटन

मन्त्री भट्टराईको आक्रोश : मुलुको प्रतिष्ठा र मित्रराष्ट्रसंगको सम्बन्धमा खेल्न खोजियो

अस्ट्रेलियाको सिडनीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भअघि निकाल्न लागिएको र्‍याली त्यहाँको सुरक्षा अधिकारीहरुले रोकेको समाचार बाहिरिएपछि अस्ट्रेलियाकै भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आपत्ति जनाउनुभएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर आएका समाचार कपोलकल्पित र नेपालको प्रतिष्ठा तथा मित्रराष्ट्रसंगको सम्बन्धमाथि खेल्न खोजिएको गम्भीर आरोप लगाउँदै यसमा असल नियत नभएकाहरुको संलग्ता रहेको संकेत गर्नुभएको छ ।

मन्त्री भटुटराईले अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ भएको र शुभारम्भमा त्यहाँका राजनीतिक दलका नेता, विपक्षी दलका नेता तथा मेयरको सहभागिता रहेको जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनए लगायतका संघसंस्थाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नर्थ साउथ वेल्स स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो ।

मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.